site stats
बाह्रखरी :: Baahrakhari
खेल
चेल्सी बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । उपाधि दाबेदार टोली चेल्सीले साउथह्याम्पटनसँग बराबरी खेलेको हो ।

शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । घरेलु मैदानमा साउथह्याम्पटनले सुरुवाती अग्रता लिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३३औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मासन माउन्टले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए । खेलको ५४औँ मिनेटमा माउन्टले पेनाल्टीमा गोल गरेका थिए ।

बराबरीसँगै चेल्सी चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २५ खेलबाट  ४३ अंक छ । साउथह्याम्पटन ३० अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ०८:३१
प्रतिक्रिया दिनुहोस्