site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समाचार लेखेकै आधारले अनुसन्धानको ‘ट्रयाक’ बिग्रने गरेको छ : प्रहरी प्रवक्ता
तस्बिरः विपुल पाण्डे ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो समय प्रकाशित भएका समाचारहरुले समाजमा विग्रह ल्याउन सक्ने भन्दै सरकारी कार्यालयका प्रवक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न घटनामा आधारित रहेका समाचारहरु तथ्यमा भन्दा बढी सनसनीपूर्ण बनाउन खोज्दा सही समाचार सम्प्रेषण हुन नसकेको बताएका हुन् ।

प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा विभिन्न सरकारी कार्यालयका प्रवक्ताहरुले सही सूचनामा आधारित समाचार प्रसारण हुन छाडेको गुनासो गरे । खासगरी अपराध अनुसन्धानसँग जोडिएका विषयहरुमा कसले छिटो समाचार लेख्ने भन्ने प्रवृत्ति रहेको र यसले अनुसन्धानमा असर पु¥याउने गरेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । समाचार लेखेकै आधारले अनुसन्धानको ट्रयाक बिग्रने गरेको उनको गुनासो छ ।

नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले समाचार र समाचारको शीर्षक फरक हुने गरेको पाइएकोले त्यसको अनुगमन प्रेस काउन्सिलले गर्नुपर्ने बताए । कुनै पनि पत्रकारले मिडिया हाउस परिवर्तन गरेपछि आफ्नो परिचय नदिई सूचना माग्ने प्रवृत्तिले पनि सूचना प्रवाहमा समस्या हुने गरेको पौडेलले बताए ।

Agni Group

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले को पत्रकार हो, कुन मिडियाको पत्रकार हो र उसको जिम्मेवारी के हो भन्ने किसिमको परिचय थाहा पाउनै कठिन हुने गरेको बताए । खासगरी सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुमा सबैभन्दा बढी समस्या रहेको उनले उल्लेख गरे । यस्तै, अपराधिक क्रियाकलाप गर्न खोज्ने मनसाय राखी पत्रकारिता गर्नेहरुमाथि निगरानी राख्नुपर्ने पनि उनले बताए ।

गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले धेरै प्रत्रकारहरुलाई आचारसंहिताको बारेमा जानकारी नै नहुँदा समाचार सम्प्रेषणमा समस्या हुने गरेको बताए । सन्तुलित र मर्यादित पत्रकारिताको अपेक्षा गरिएको र त्यसका लागि विभिन्न कार्यक्रमहरु गरी जानकारी दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

Global Ime bank

राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालको संविधानले प्रेस स्वतन्त्रताको कुरा गरेको बताए । तर, उच्चपदस्थहरुको विरोध ग¥यो भने चर्चित भइन्छ भन्ने कुराले पत्रकारहरुमाथि प्रश्न उठ्ने गरेको बताए । राष्ट्रले गरेको काममा सकारात्मक सन्देश दिएमा राष्ट्रिय एकता, सद्भावमा बल पुग्ने तर पत्रकारहरुमा त्यस्तो मनस्थिति कम देखिने गरेको उनको आक्षेप थियो ।

राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचनले पत्रकारहरुलाई जिम्मेवार भएर रिपोर्टिङ गर्ने कुरामा प्रेस काउन्सिलले ध्यान दिनुपर्नेमा जोड दिइन् । खासगरी महिलासम्बन्धी घटनामा पत्रकारहरुले गोपनीयतामा ध्यान नदिएको पाइएको उनले बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदीले पत्रकारहरुलाई हुने ‘थ्रेट’मा राज्यका निकायहरुले सम्बोधन गरिदिने वातावरण बन्नुपर्ने बताए । पत्रकारलाई आफ्नै कारणले कुनै थ्रेट भएको खण्डमा पत्रकार आफैँले समेत सच्याउनुपर्ने उनले उल्लेख गरे । सच्याइने कामको नेतृत्व प्रेस काउन्सिलले गर्नुपर्ने उनले बताए ।

सूचना तथा प्रसारण विभागका प्रवक्ता ईश्वरराज दाहालले कुनै पनि मिडिया दर्ता भइसकेपछि उक्त मिडियामा काम गर्ने पत्रकारलाई परिचयपत्र जारी गरिने र सोही परिचयपत्रको आधारमा जुनसुकै ठाउँबाट सूचना संकलन गर्न सक्ने बताए । यो विषय पनि पत्रकार आचारसंहितासँग जोडिने भएकोले त्यसको नियमन गर्न विद्यमान ऐन–कानुनमा संशोधन आवश्यक रहेको बताए ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारको परिचय र सञ्चारमाध्यम खुल्दैन र सूचना लिएर कहाँ प्रयोग गर्न खोजेको छ भन्ने कुरा स्पष्ट नभएसम्म सूचना नदिन आग्रह गरे । पत्रकारलाई चिनेर मात्रै सूचना दिनुपर्ने उनले बताए । त्यस्तै, सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्ने र त्यो ठिक छ कि छैन भनेर हेर्ने काम प्रेस काउन्सिल नेपालले गर्ने उनले बताए ।

कार्यक्रममा पत्रकारले संकलन गर्ने सूचना र त्यसबाट बन्ने समाचारको प्रभाव कस्तो पर्छ भन्ने विषयमा समेत छलफल भएको थियो । यस्तै, नयाँ मिडियाहरु र समाजिक सञ्जाललाई नियमन गर्न पनि जरुरी रहेको प्रवक्ताहरुले बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC