site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभ्याक्स सुविधाको खोप आउँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत जनसंख्यामा पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म कोभिसिल्ड खोप ल्याउन थालेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटक–पटक पठाउने छ । विश्व स्वास्थ्य संगठन, ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

कोभिसिल्ड खोप विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि, नेपालमा उक्त खोप लगाउन थालिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा कोभिसिल्ड खोप गएको माघ १४ गतेबाट लगाउन थालिएको हो । सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ ।

Global Ime bank

केही दिनअघि मात्र सरकारले कोभिसिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप केही हप्तामा आउने उनले बताए । सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने भएको छ ।

यस्तै, चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ । उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचीकृत गरिसकेको छ ।

खोप सोमबारसम्म
पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ । आजसम्म मात्र खोप लगाइएकाले थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए ।

अहिले जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइरहेका छन् । उनका अनुसार अहिले तीन लाख ८४ हजारजनाले खोप लगाइसकेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC