site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिटीलाई १० अंकको अग्रता     

काठमाडौं । उपाधि दावेदार क्लब म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीले बुधबार राति भएको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद महरेज र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे । उता, एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जितसँगै सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । सिटीले २४ खेलमा ५६ अंक जोडेको छ ।

दोस्रो स्थानको युनाइटेडको ४६ अंक छ । एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्