साहित्य

काठमाडौं । गायिका सुनिता दुलाल र प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । ‘बाँसको कप्टेरो’ बोलको गीतमा अमृत खातीको शब्द रचना छ भने संगीत सुरज अधिकारीले भरेका छन् ।
लोक लयको गीतले युवायुवतीको प्रेम संबन्ध र त्यसमा रहेको शंका भावलाई उठान गरेको छ ।
सरोज राना, विना उप्रेती, गीता ढुङ्गाना, उत्कल रिसी थापा भिडियोमा फिचर्ड छन् ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियो सम्पादन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो निर्देशन गम्भीर विष्टले गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७ ०८:२७
प्रतिक्रिया दिनुहोस्