site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोरोनाबाट ब्राजिलमा एकैदिनमा एक हजार ३५१ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलमा गत २४ घण्टामा कोरोनाभाइरस संक्रमणको कारण एक हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

सो अवधिमा ब्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोनाभाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । ब्राजिलमा कोरोनाभाइरसको संक्रमण सुरु भएयता हालसम्म दुई लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरोनाभाइरसबाट विश्वभरि १० करोड ८३ लाखभन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरि २३ लाख ७९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुवई प्रान्तको वुहान सहरबाट सुरु भएको यस कोरोनाभाइरस संक्रमणबाट आठ करोड तीन लाख ६० हजारभन्दा बढी व्यक्ति मुक्त भएका छन् । रासस/सिन्ह्वा

प्रतीकात्मक तस्बिर ।

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्