site stats
बाह्रखरी :: Baahrakhari
विशेष
संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश 

काठमाडौं ।  संवैधानिक निकायमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै आज न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । बुधबार ११ वटा संवैधानिक निकायका प्रमुख र सदस्यले शपथ लिएका थिए ।

शपथसमेत रोक्न माग गरिएको रिटमा शपथ भइसकेकाले सोबारे फैसलामा बोल्ने आदेशमा उल्लेख भएको सर्वाेच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

रिटमा संसदीय सुनुवाइ नगरी नियुक्त गरिनु असंवैधानिक भएको भन्दै उनीहरूलाई काम गर्नबाट रोक्नुपर्ने र नियुक्ति बदर गर्नुपर्ने माग गरिएको छ ।

शुक्रबार सोही नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले पनि प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतलाई विपक्षी बनाई रिट दायर गरेका छन् । सो रिटमा आइतबार पेसी तोकिएको छ ।
फाइल तस्बिर ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्