site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकु मारिए
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकु मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकुहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कारबाहीमा अरु तीनजना तालिबान लडाकु पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीनवटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ ।

Global Ime bank

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । तर, विद्रोहीहरुले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन् ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन । रासस/सिन्ह्वा

फाइल तस्बिरः एपी ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC