बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म्यानमारमा सेनालाई सफल हुन नदिन विश्व समुदायमा राष्ट्र संघको अनुरोध  नागरिकले भाँडा ठटाएर, हर्न बजाएर विरोध जनाए
बाह्रखरी - बिहीबार, माघ २२, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बीबीसी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदाय समक्ष म्यानमार घटनामा सेनालाई सफल हुन नदिन आग्रह गरेका छन् । निष्पक्ष रुपमा सञ्चालन गरिएको निर्वाचनको परिणाम जबरजस्ती उल्ट्याउने प्रयास गर्नु स्वीकार्य नहुने उनले बताएका छन् । सत्तालाई आफ्नो हातमा लिनेहरुलाई सबैले एक भएर देश चलाउने यसरी होइन भनेर बुझाउनुपर्नेमा उनले जोड दिएका छन् ।  

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अहिले यस सम्बन्धि आधिकारिक धारणा सार्वजानिक गर्नेबारे छलफल गरिरहेको छ । तर यसमा चीनले भने म्यानमार घटना विरुद्धको कुनै पनि भनाइ अवरोध गर्ने प्रयास गर्ने अनुमान गरिएको छ । बेइजिङले यसअघि पनि यो उनीहरुको आन्तरिक मामिला भएकाले अन्य राष्ट्रले हस्तक्षेप नगरेकै राम्रो हुने धारणा व्यक्त गरेको थियो । 

सोमबारको यस घटनामा देशकी मुख्य नेतृ आङ सान सुकीसहित सबै सांसदहरुलाई सेनाले नियन्त्रणमा लिँदै देशको सम्पूर्ण शक्ति आफ्नो हात पारेको छ । हिजो मात्र सेनाले सुकीबारे थप जानकारी दिँदै उनलाई विभिन्न कानुनी अभियोगमा आगामी १५ फेब्रुअरीसम्मका लागि कैद गरिने बताएको छ । पक्राउ परेदेखि सुकी र राष्ट्रपति विन मिन्टको कुनै धाराणा आएको छैन । 

Agani Group

सेनाको उक्त कदमको शैनिक जनरल मिन अङ ह्लेङले नेतृत्व गरेका छन् । एक वर्षका लागि आपत्कालीन घोषणा गरेको सेनाले अहिले नोभेम्बरको चुनावमा धाँधली भएको बताइरहेको छ । उक्त निर्वाचनमा सुकीको नेस्नल लिग फर डेमोक्रेसी पार्टीले स्पष्ट बहुमत हासिल गरेको थियो । तर, सेनाले लगातार यसमा असन्तुष्टि जनाउँदै आएको थियो । सोमबार सरकारको दोस्रो कार्यकाल सुरु हुने तयारी भइरहँदा अचानक सेनाले सबै सांसाद, मन्त्री र राजनीतिक अभियन्ता समेतलाई पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ ।

No description available.

sarbottam cement

विभिन्न रिपोर्टहरुका अनुसार सेनाले यस घटना अन्र्तगत सामाजिक सञ्जाल फेसबुक अवरुद्ध गर्न निर्देशन दिएको थियो । यही कारण बिहीबार त्यहाँका नागरिकहरुले फेसबुक चलाउन नसकेको खबर छ । सेनाको फेसबुक पेजमा भने यसअघि दशौँ हजार ‘लाइक’ आएको देखिएको थियो । 

‘पूर्ण रुपमा अस्वीकार्य’
संयुक्त राष्ट्र संघका सेक्रेटरी जेनेरलले म्यानमारमा संविधान पुनः स्थापित हुनुपर्ने अपील गरेका छन् । सुरक्षा परिषदले यस सम्बन्धी एकीकृत भएर उचित कदम उठाउने अपेक्षा गरेको बताए । उनले भनेका छन्, “हामी अन्तर्राष्ट्रिय समुदायका सबै प्रमुखहरु एक जुट भएर सेनाको कदम असफल पार्न म्यानमारमाथि पर्याप्त दबाब सिर्जना गर्ने सम्भवत सबै प्रयास गर्नेछौँ । किनकी जनताको इच्छा विपरित गइ निष्पक्ष निर्वाचनको परिणाम उल्ट्याउनु पूर्ण रुपमा अस्वीकार्य हुनेछ ।” 

पश्चिमी राष्ट्रहरुले यसअघि नै सेनाको कदमको आलोचना गर्दै यसप्रति विरोध जनाइसकेका छन् । तर, चीनले भने यसमा सहकार्य नगर्दा यसअघि सुरक्षा परिषद एकीकृत हुन सकेको थिएन । सुरक्षा परिषदमा भिटोको अधिकार भएका पाँच स्थायी सदस्यमा चीन पनि पर्दछ । यस्तोमा चीनले अन्तर्राष्ट्रिय दबाब या प्रतिबन्ध जारी गर्नुले त्यहाँको अवस्था झन खराब हुन सक्ने चेतावनी दिएको छ । रुससँगै चीनले पनि म्यानमारलाई बाहिरी आलोचनाबाट बचाउ गर्दै आएको छ । 

सुकीको अवस्था अज्ञात 
विभिन्न रिपोर्टका अनुसार नेतृ आङ सान सुकीलाई राजधानी नेपीदस्थित उनकै घरमा बन्दी बनाइएको छ । यसमा उनीमाथि आयात निर्यात कानुन, सम्पत्ति दुरुपयोग, अवैध संचार डिभाइसलगायत विभिन्न अभियोग लगाइएको छ । सबै आरोपहरु पुलिस डक्युमेन्टमा उल्लेख गरिएको छ । उता, राष्ट्रपति विन मिन्टलाई ‘राष्ट्रिय प्रकोप व्यवस्थापन कानुन’ अन्र्तगत कोभिड नियम विरुद्ध चुनाव अभियान सञ्चालन गरेको आरोप रहेको छ । 

सोमबारको घटना पश्चात म्यानमारमा अहिलेसम्मकै ठूला प्रदर्शनहरु देखा परेका छैनन् । मंगलबार र बुधबार राति सवारी चालकहरुले प्रमुख शहरमा हर्न बजाइ विरोध जनाएका थिए । त्यस्तै यानगोनका वासिन्दाहरुले भाँडा ठटाएर विरोध जनाएका छन् । हालसम्मको अवस्था शान्त नै रहेको पाइएको छ, जसमा सेना सडकभरि निगारानी गरिरहेका छन् भने रातिको समयमा कफ्र्यु जारी गरिएको छ । 

No description available.

अस्पतालमा स्वास्थ्यकर्मीहरुले लोकतन्त्रको पक्षमा विभिन्न चिन्हयुक्त पहिरन लगाएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले सुकीलाई रिहा गराउन दबाब दिइरहेको बताएका छन् । त्यस्तै अनलाइनमा पनि नागरिकले सुकीको पार्टीको रातो रङ आफ्नो प्रोफाइलमा राखेर समर्थन जनाइरहेका छन् । 

No description available.

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, माघ २२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्