site stats
बाह्रखरी :: Baahrakhari
विशेष
संविधानमा नलेखिएको प्रधानमन्त्रीको अधिकार के रै’छ ? : न्यायाधीश 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । न्यायाधीश अनिल सिन्हाले संविधानमा नलेखिएको प्रधानमन्त्रीको अधिकारका विषयमा प्रश्न गरेका छन् ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा न्यायाधीश सिन्हाले वरिष्ठ अधिवक्ता सुशील पन्तलाई सोधे, ‘‘संविधानमा नलेखिएको प्रधानमन्त्रीको अधिकार के कस्तो रै’छ ?,’’ उनको प्रश्नमा सरकारको तर्फबाट बहस गरिरहेका पन्तले भने, ‘‘प्रधानमन्त्रीले नपाउने कुरा त लेख्या छ । नलेख्या कुरा पाउँदैन भनेर भन्ने श्रीमान्को आधार के ?’’

बहसका क्रममा विघटनको विपक्षमा बहस गरेका कानुन व्यवसायीहरूले प्रधानमन्त्री कानुनी व्यक्ति भएकाले संविधानमा लेखिएका कुरा मात्र गर्न पाउने भन्दै संसद् विघटन गर्न अहिलेको प्रधानमन्त्रीले नपाउने जिकिर गरेका थिए ।
फाइल तस्बिर ।
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १३:४१
प्रतिक्रिया दिनुहोस्