site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमबीच स्वास्थ्य उपचार सम्बन्धी सहमति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमबीच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ ।  सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आइतबार एक समारोहका बीच सो सम्झौता भएको हो । 

नेपाल एपीएफ अस्पतालका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा नेपाल एपीएफ अस्पतालको तर्फबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र सो आश्रमको तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले स्वास्थ्य उपचार सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यही माघ ९ गते २० औं सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजना मार्फत आश्रममा रहेका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले ‘मानव सेवा नै सवैभन्दा ठूलो धर्म हो’ भन्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा र सेवाका कार्यहरु सँगसँगै गर्दै जाने र यस किसिमको कार्यले ती असहाय मानिसहरुको आशीर्वाद संगठनलाई प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनले सो आश्रममा आश्रितहरुको उपचारका लागि विगतमा धैरै अस्पताल भौतारिनु पर्ने बाध्यता रहेको र सोचे जस्तो उपचारसमेत पाउन नसकेको अप्ठ्यारा दिनहरुको स्मरण गरेका थिए ।

Global Ime bank

यस सम्झौतासँगै सो आश्रमका आश्रितहरुले नेपाल एपीएफ अस्पतालमा उपलब्ध ईमरजेन्सी, बहिरङ्ग, जनरल, तथा विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सवै, आईसीयु, एचसियु एचडियु, माईनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछ ।     

यसैगरी रेडियोलोजी अन्तर्गत एक्सरे, सीटी स्क्यान, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयू र डाईलासिसको लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधीहरु, मुटुरोग, मिर्गौला रोग मधुमेह आदि भइ आजिवन औषधी सेवन गर्नुपर्ने बिरामीहरुको लागि आस्पतालमा उपलब्ध औषधीहरु समेत निःशुल्क उपलब्ध गराइने छ । 

यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरुलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिण्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ्ग र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शब वाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधीहरु आश्रमका बिरामीहरुलाई निःशुल्क प्रदान गरिने समेत सम्झौतामा उल्लेख छ । 

सो सम्झौतामा नेपाल एपीएफ अस्पतालमा हाल कायम भएको ११० शैय्याको बेड मध्ये मानवसेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावक विहिनहरुलाई तीन शैय्याको बेड उपलब्ध गराइने उल्लेख गरिएको छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय