site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्राजिलमा दुई लाख २२ हजार कोभिड–१९ संक्रमितको मृत्यु
Sarbottam CementSarbottam Cement

रियो दि जेनेरियो । ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यसैगरी, ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप संक्रमित भएका व्यक्तिको संख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्राजिलको बढी जनसंख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ १७ लाख ५९ हजार व्यक्ति संक्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ । त्यसैगरी, अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी संक्रमित भएका र २९ हजार ५६३ व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकापछि विश्वकै बढी कोभिड संक्रमित रहेको मुलुक भारत हो । यद्यपि, मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ । ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेकोभन्दा संक्रमणका हिसाबले कैयौँ गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् ।

Global Ime bank

ब्राजिलमा संक्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चितकालका लागि रोकेका छन् । रासस/सिन्ह्वा
तस्बिरः गेट्टी इमेजेज् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC