site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानलाई चीनको चेतावनी, ‘स्वतन्त्रताको अर्थ युद्ध’
Sarbottam CementSarbottam Cement

बीबीसी । चीनले कडा बयानमा ताइवानलाई बेइजिङबाट स्वतन्त्रता खोजेमा यसको अर्थ ‘युद्ध’ हुने चेतावनी दिएको छ । केही दिनअगाडि मात्र चीनले ताइवानको सीमानजिकै सैन्य गतिविधिहरु बढाएको थियो र लडाकु विमानहरु त्यसतर्फ उडाएको थियो ।

अमेरिका र ताइवानबीचको सम्बन्ध नजिकिँदै गएपछि चीनसँगको तनाव झन् उच्च विन्दुमा पुगेको छ । ताइवानले गत साता मात्र नयाँ अमेरिकी प्रशासनलाई स्वागत गरेको थियो भने बिहीबार अमेरिकाले फेरि पनि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै ताइवानको आत्मरक्षात्मक क्षमतालाई पूर्ण रुपमा समर्थन गर्ने बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चीनले ताइवानलाई अलग रहेको आफ्नै एक प्रान्तका रुपमा लिने गरेको छ भने ताइवानले आफूलाई एक सार्वभौमिक स्टेट बताउने गरेको छ । बिहीबारको पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु किआनले भनेका छन्, “हामी गम्भीर भएर भन्दै छौँ कि ती स्वतन्त्रता खोज्ने शक्तिहरु, आगोसँग खेल्ने प्रयास गरे आफैँ जलेर भस्म हुनेछन् र ताइवान स्वतन्त्रताको अर्थ युद्ध हुनेछ ।” त्यस्तै, उनले हालैका चिनियाँ सैन्य गतिविधिबारे पनि स्पष्टीकरण दिँदै ताइवानमा अहिलेको अवस्था हेरेर र राष्ट्रिय सार्वभौमिकताको सुरक्षाका लागि त्यस किसिमको कदम आवश्यक भएको बताए ।

सोही दिन बेलुका पेन्टागनका प्रेस सचिव जोन कर्बीले प्रतिक्रिया दिँदै चीनको सो भनाइ दुर्भाग्यवश भएको र ताइवानसँगको सम्बन्धमा आफूहरुको उद्देश्य यथावत् रहने बताएका छन् । उनको यो बयान नयाँ प्रशासनका तर्फबाट ताइवानसम्बन्धी पहिलो वक्तव्य रहेको थियो । पेन्टागनले ताइवानमा तनावका कारण टकराव नै गर्नुपर्नेजस्तो कुनै कारण नदेखेको पनि कर्बीले बताए ।

Global Ime bank

दुई देशको बिग्रँदो सम्बन्धबीच नयाँ अमेरिकी प्रशासनले चीनमाथि मानव अधिकार, व्यापारिक विवाद, हङकङ र ताइवानलगायत विविध विषयमा दबाब कायम गर्ने अपेक्षा रहेको छ ।

सन् १९४९ को युद्ध अन्त्य भएदेखि ताइवान र चीनमा अलगै सरकार रहेका छन् । तर, बेइजिङले ताइवानका अन्तर्राष्ट्रिय गतिविधि सीमित गर्ने प्रयास गर्दै आएको छ । यसमा पछिल्ला केही वर्ष तनाव झन् बढ्न पुगेको छ । ताइवानलाई केही मुलुकहरुले मात्र स्वतन्त्र राष्ट्रका रुपमा पहिचान गरेका छन् । तर, प्रजातान्त्रिक रुपमा निर्वाचित सरकार र धेरै देशसँगको बलियो व्यावसायिक तथा अनौपचारिक सम्बन्धका कारण प्यासिफिक क्षेत्रमा ताइवानको पनि उत्तिकै प्रभाव रहेको छ ।

अन्य मुलुकहरु जसरी अमेरिकासँग यसको आधिकारिक कूटनीतिक सम्बन्ध छैन । तर, ‘ताइवान रिलेसन्स एक्ट’अन्तर्गत अमेरिकाले ताइवानलाई प्रतिरक्षाका लागि हतियार आपूर्ति गर्ने वचन दिएको छ भने ताइवानमाथि कुनै पनि किसिमको हमला अमेरिकाका लागि पनि गम्भीर चिन्ताको विषय हुने उल्लेख गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC