site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा टिकटकको कारोबार बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । टिकटक र हेलो एप्सको स्वामित्व रहेको चिनियाँ सोसल मिडिया फर्म बाइडेन्सले भारतसँगको व्यापार बन्द गर्ने घोषणा गरेको छ । पछिल्लो केही समयदेखि भारतीय सरकारले टिकटकमा निरन्तर प्रतिबन्ध लगाएपछि बाइडेन्सले यस्तो निर्णय लिएको हो ।

टिकटकको विश्वव्यापी अन्तरिम प्रमुख भनेसा पप्पस र ग्लोबल बिजनेस सोलुसनका उपाध्यक्ष ब्लेक च्यान्डलीले कर्मचारीहरुलाई पठाएको संयुक्त इमेलमा कम्पनीले टिम संख्या घटाउन लागेको र त्यसको प्रत्यक्ष असर भारतका कर्मचारीहरुलाई पर्ने उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिकारीहरुले भारतसँगको पुनः सहकार्यमा अनिश्चितता व्यक्त गरेता पनि पुनः सहकार्य गर्ने इच्छा भने व्यक्त गरेका छन् । “हामी भारतमा फेरि कहिले फर्कन्छौँ भन्ने निश्चित नभए पनि भविष्यमा पुनः फर्कने इच्छा भने छ,” इमेलमा उल्लेख गरिएको छ ।

बाइडेन्सका एक अधिकारीले कम्पनीले बुधबार एउट सभाको आयोजना गर्दै भारतमा कारोबार बन्द गर्ने सूचना जारी गरेको बताएका हुन् । भारत सरकारले जुन २०२० देखि ५९ अन्य एपसहित टिकटक र हेलो भारतमा प्रतिबन्ध लगाएको थियो । गएको सेप्टेम्बरमा यसको संख्या बढाएर अन्य ११८ एप प्रयोगमा पनि रोक लगाएको थियो ।

Global Ime bank

आदेश पालना गरेर टिकटक र हेलोलाई स्थानीय कानुन र नियमभित्र रहेर परिमार्जित गर्ने प्रयास जारी राख्दा पनि भारत सरकारबाट कुनै सकारात्मक उत्तर नआएको टिकटकका एक प्रवक्ताले गुनासो पोखे । विगत ६ महिनादेखि भारतमा आफ्नो एप बन्द हुँदा पनि भारतमा रहेका कर्मचारीहरुलाई पारिश्रमिक प्रदान गरिरहेको छ । यति हुँदाहुँदै पनि भारतले यसलाई फेरि कहिलेदेखि पुनः सुचारु गर्ने भन्ने कुनै निर्णय नलिएपछि अन्ततः यस्तो निर्णय लिनुपरेको पनि उक्त प्रवक्ताले बताएका हुन् ।

कम्पनीको यस्तो निर्णयले भारतमा रहेका कर्मचारीहरुको करियर र जीविकामा ठूलो असर पर्नेमा प्रवक्ताले दुःख व्यक्त गरे । भारतमा मात्रै टिकटकका २० करोडभन्दा धेरै प्रयोगकर्ता छन् । कर्मचारीको संख्या दुई हजारभन्दा बढी छ ।

“हामी भारतमा टिकटक रि–लञ्च गरी त्यहाँका लाखौँ टिकटक प्रयोगकर्ता, कलाकार, स्टोरी–टेलर र पर्फोमरहरुलाई सहयोग गर्ने मौका पुनः पाउँछौँ भन्ने आशामा छौँ,” प्रवक्ताले भने । द वायरबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC