site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
कमलपोखरीले  ‘नालायक’ नगरवासी नभनोस् !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं उपत्यकाको प्राकृतिक तथा सांस्कृतिक वैभव हेर्दा यहाँका शासक एवं बासिन्दा यस सुरम्य नगरमा बस्न ‘नालायक’ ठहरिने देखिन्छ । रानीपोखरीको पुनःनिर्माणमा गरेको गल्ती कमलपोखरीमा पनि दोहोरिनु यही नालायकीको पछिल्लो उदाहरण हो । पुरातत्त्व विभागले सोमवार काठमाडौं महानगरपालिकालाई परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरेर कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्न निर्देशन दिएर पत्राचार गरेको थियो ।  विडम्बना, सोमवार राति नै काठमाडौं महानगरपालिकाले कमलपोखरीमा एस्काभेटर लगाएर माटो खन्ने र ट्रकमा हालेर बाहिर ओसार्ने काम गरायो । संयोगले कमलपोखरीको सांस्कृतिक अतिक्रमण भएको सम्पदा संरक्षण अभियन्ताले थाहा पाए । त्यसपछि उनीहरू तत्काल जम्मा भएर थप क्षति हुनबाट जोगाए । सम्पदा संरक्षणमा समर्पित अभियन्ताहरूको जागरूकता र तदारुकता सराहनीय छ । तर, प्रश्न उठ्छ - महानगरपालिकाले सांस्कृतिक, पुरातात्त्विक सम्पदा मासिरहने र केही सचेत नागरिकहरूले जोगाइरहने क्रम कति समय चल्नसक्छ?

रानीपोखरीजस्तै कमलपोखरी पनि भूकम्पका कारण सुकेको होइन । सरकारी उपेक्षा, स्थानीय बासिन्दाहरूको उदासीनता र महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बेइमानीका कारण कमलपोखरी पनि सुकाइएको हो ।  काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई ‘पौडी पोखरी’ बनाउन ठेक्का पनि लगाइसकेको थियो । तर, स्थानीय बासिन्दा तथा सम्पदा संरक्षण अभियन्ताहरूको विरोधका कारण अन्ततः रानीपोखरीको पुरानै स्वरूपमा पुनःनिर्माण भयो । रानीपोखरीमा महानगरपालिकाका पदाधिकारीको मूर्खताले राज्यको करोडौं रूपियाँको क्षति भयो । दुर्भाग्य, रानीपोखरीको गल्तीबाट तिनले केही पनि सिकेनछन् र कमलपोखरीमा त्यही गल्ती दोहोरियो । यसैले कमलपोखरीलाई कंक्रिटको ताल बनाउन खोज्नेहरूको नियतमै शंका हुन्छ । कंक्रिटको ताल बनाउँला आउने कमिसनका कारणमात्र यस्तो अपराध गरेका होलान् कि अरू कुनै कारण पनि होला रु काठमाडौं उपत्यकाको पुरातात्त्विक, सांस्कृतिक र भौगोलिक सम्पदामाथि गरिएको अतिक्रमणले सीमा नाघिसकेको छ । यसमा सबैभन्दा दुःखद पक्ष के छ भने उपत्यकाको सौन्दर्य र सम्पदा ध्वस्त बनाउने काममा जनप्रतिनिधि र सरकारी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लागेका देखिन्छन् ।

सांस्कृतिक वैभव र भौगोलिक सुन्दरताका दृष्टिले अतुलनीय काठमाडौं उपत्यकाको सभ्यता विश्वकै प्राचीन र भव्यमध्येको मानिन्छ । नेपाल मण्डलको सभ्यतामा शाह कालमा सुरू भएको अतिक्रमण समयसँगै बढ्दै गयो । पुनःनिर्माण र जीर्णोद्धारका नाममा अज्ञानवश पुराना संरचनाको वास्तु तथा शिल्प नै नबुझी चलाउने काम भयो । त्यस प्रकारको मूर्खताले काष्ठमण्डपजस्तो अद्वितीय सम्पदामा क्षति पुग्यो । यो सबै थाहा पाएर पनि सरकारी कर्मचारी र महानगरपालिकाका जनप्रतिनिधिहरूले पुरानै प्रवृत्ति एवं  शैली अपनाउन छाडेनन् । यो सबैभन्दा आपत्ति र चिन्ताको विषय हो । रानीपोखरी जोगाउन वरपरका बासिन्दा र सम्बन्धित वडाका अध्यक्षले देखमएको तदारूकता कमलपोखरी क्षेत्रमा भने नदेखिनु अर्को ठूलो चिन्ताको विषय हो । यस महान् नगरका बासिन्दा हुन नालायक नठहरिने हो भने कमलपोखरी क्षेत्रका स्थानीयहरू नै सम्पदा संरक्षणको महत्त्व बुझेर सजग हुनुपर्छ । कमलपोखरीमा कंक्रिटको हैन सक्कली कमल फूलेमात्र शोभा बढ्नेछ ।    
 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC