site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कोरोनाको कारण मलेसियामा संकटकाल घोषणा, राजाद्वारा संसद् निलम्बन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा संकटकाल घोषणा गरेर संसद् निलम्बनसमेत गरेका छन् ।  अलजजिराका अनुसार कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले संकटकालको घोषणा गरेका हुन् ।

अहिले ६ महिनाका लागि संकटकाल लगाइएको भए पनि कोरोनाको महामारीकोअवस्था हेरेर त्यसभन्दा अगाडि नै संकटकाल हट्न सक्ने समाचारमा उल्लेख छ ।

मलेसियाको कानुनअनुसार संकटकाल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा मलेसियाका राजाले संकटकाल घोषणा गरेपछि सरकार सञ्‍चालनको सबै अधिकार प्रधानमन्त्रीमा गएको छ । संकटकाल लगाउन पहिलेदेखि नै तयारी गरे पनि त्यहाँका राजाले अस्वीकार गरेका थिए । 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १२:०७
प्रतिक्रिया दिनुहोस्