site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सर्वोच्च बारले पनि एमिकस क्युरीका लागि गर्‍यो सिफारिस 

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको छ । संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले एमिकस क्युरीका लागि दुईजना माग गरेको थियो । 

सोहीअनुसार सर्वोच्च बारमा अधिकारी र शाक्यको नाम सिफारिस भएको हो । शाक्य सर्वोच्च बारका नवनिर्वाचित अध्यक्षसमेत हुन् । यसअघि नेपाल बार एसोसियसनले पनि तीनजनाको नाम सिफारिस गरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संसद् विघटनविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले नेपाल बार एसोसिएसनसँग तीनजना र सर्वोच्च अदालत बार एसोसिएसनसँग दुईजनाको एमिकस क्युरी माग गरेको थियो । नेपाल बारले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम पठाइसकेको छ । 

संसद् विघटनविरुद्धको रिटमा पुस २२ गते पेसी तोकिएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी मुद्दा विचाराधीन छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्