site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्नपूर्ण हाेटेल बन्दकाे घाेषणा, कर्मचारीलाई दिनुपर्ने सुविधा दिएर बिदाई गरिने

काठमाडौं । काेभिड १९ का कारण पाँच तारे हाेटेल अन्नपूर्ण बन्द हुने भएकाे छ । काठमाडौंस्थित दरबारमार्गमा रहेकाे ५५ वर्ष पुरानाे हाेटेल बन्द हुने भएकाे हाे ।

होटल सञ्चालक सिर्जना राणाले आम्दानीभन्दा खर्च बढी भएकाले कर्मचारीलाई आफुले पाउने तलब, सुविधा लिएर जान भनेकाे बाह्रखरीलाई बताइन् । उनका अनुसार होटलमा ३६० जना कर्मचारी कार्यरत छन् । हाेटेलमा ४० वर्षदेखि काम गरेका कर्मचारी समेत छन् । ‘काेभिडका कारण सन् २०२१ सम्म काेही पनि पर्यटक आउन सक्ने अवस्था देखिएन । अहिलेसम्म कर्मचारीलाई खुवाइयाे र आफुले पनि खाइयाे तर अब खान र खुवाउन सक्ने अवस्था भएन," उनले भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले हाेटेल ५५ वर्ष पुरानाे भएकाे र नयाँ हाेटेलहरूले जस्ताे खर्च गरेर बस्न सक्ने अवस्था नभएकाे बताइन्। "पहिले नै बन्द गर्नु पर्ने थियाे, आजसम्म जसरी पनि चलाइयाे, अब नसक्ने अवस्था भयो," उनले भनिन् । "हाेटेलमा मासिक १ लाख रूपैयाँसम्म तलब खाने कर्मचारी छन्, व्यापार छैन । त्यसैले धान्नै नसक्ने भएपछि हाेटल बन्द गर्ने निर्णयमा पुगेकाे हाे," उनले भनिन् । 
सन् २०२२ देखि स्थिति सहज भएमा पनि हाेटेल संचालनमा नल्याउने हाे र ? भन्ने प्रश्नमा राणाले अब याेजना बनाउने बताइन् ।

"अहिलेसम्म हाेटेल संचालन गरियाे । अब सन् २०२१ सम्मै हाेटेल खाेल्न सकिने अवस्था भएन । अब म याेजना बनाउछु । नयाँ के काम गर्न सकिन्छ रिसर्च गर्छु," उनले भनिन् । कर्मचारीहरुलाई दिनुपर्ने सेवा सुविधा सबै दिने उनले बताइन् ।  "अहिलेसम्म कर्मचारीलाई दिनुपर्ने सेवा, सुविधा दिन सक्छु, दिन्छु । आगामी दिनमा दिन नसक्ने भएर नै यस्ताे निर्णय गर्नु परेकाे हाे," राणाले भनिन् ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्