site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 आफैँलाई काम नलाग्ने नागरिक तयार गरेर के गर्ने ?
SkywellSkywell

शिक्षा सचिव गोपीनाथ मैनाली स्पष्ट वक्ता र काम गर्ने सचिव मानिन्छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, महालेखा नियन्त्रक हुँदै उनी २ महिनाअघि शिक्षा मन्त्रालय सम्हाल्न आइपुगेका छन् । उनले शिक्षा मन्त्रालयको कमान्ड सम्हालिरहँदा देश विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । 
मैनाली मन्त्रालयमा आएपछि समग्र शैक्षिक क्षेत्र सुधारका काम अघि बढाइकेका छन् । लामो समय अनसनरत डा. गोविन्द केसीसँग सफल वार्ता पनि उनैको नेतृत्वमा सम्भव भएको हो । उनै सचिव मैनालीसँग बाह्रखरीका संवाददाताद्वय सुनिता लोहनी र रोविन पौडेलले शैक्षिक सत्र खेर जान नदिन, शैक्षिक सत्र सुधार्न भइरहेका काम, गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयनको अवस्था र समग्र शिक्षा प्रणालीबारे संवाद गरेका छन् ।

प्रस्तुत छ, सोही अन्तर्वार्ताको सम्पादित अंश :

कोभिड–१९ को संक्रमणबाट बच्न विद्यालयललाई दुईहप्ते ‘विन्टर क्याम्प’ जस्तो सम्झेर कोरोना सेन्टर बनाइयो । एउटा निर्देशिका पालना नहुँदै पटक–पटक विद्यालय र विद्यार्थी पठनपाठनबारे निर्देशिका जारी भइरह्यो । आठ महिनापछि बल्ल विद्यालय सञ्चालनबारे निर्देशिका आएको छ । सरकारको प्राथमिकतामा शिक्षालाई कम किन ?

KFC Island Ad
NIC Asia

हिलो कुरा सरकारले शिक्षालाई कम प्राथमिकता दिएको भन्ने कुरामा मेरो सहमति छैन । सामाजिक क्षेत्रमा सरकारले शिक्षालाई सबैभन्दा बढी प्राथमिकता दिएको छ । शिक्षामा सर्वाधिक बजेट खर्च गर्ने आन्तरिक तथा वाह्य प्रतिवद्धता हो ।
चालू आवको बजेटको करिब १३ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन हुनुले शिक्षामा सबैभन्दा धेरै बजेट विनियोजन गर्ने सुनिश्तितता गरेको छ ।

शिक्षालाई किन पनि प्राथमिकता दिनुपरेको हो भने मानवअधिकारलगायत सबै क्षेत्रमा मानसिक क्षितिज उजागर गर्ने, सीप सिकाइदिने, बोल्न सक्ने, भन्न सक्ने, अभिमत राख्न सक्ने गराइदिने कुरा शिक्षाले नै गर्छ । त्यसैले शिक्षालाई पहिलो प्राथमिकता राख्नुपर्छ । हाम्रो जस्तो देशमा त शिक्षाको झन् आवश्यकता छ । विस्तारै शिक्षामा प्रगतिका सूचक पनि देखिन थालेका छन् । 

Royal Enfield Island Ad

तर, कोभिड–१९ को प्रसंग शिक्षासँग जोड्दा सबैभन्दा बढी प्रभाव जनस्वास्थ्यलाई प्रभाव पर्‍यो । करिब ८५ लाख विद्यार्थी छन् ।  जसमध्ये ३० प्रतिशतको हाराहारीमा प्रविधिको पहुँच छ । ८५ लाखलाई तत्कालीन समयमा भिडभाडमा राख्न, जोखिम निम्त्याउन उपयुक्त थिएन । विद्यालय क्षेत्र कोभिडको हब बन्छ कि अनुमान थियो ।
कोभिड प्रभाव विस्तार हामीले अनुमान गरेभन्दा छोटो समयमै भयो ।

त्यही अनुपातमा हाम्रो तयारी थिएन । त्यसैले कतिपय क्वारेन्टिन केन्द्र र आइसोलेसन सेन्टर विद्यालयलाई बनाइएको हो । त्यसमा सत्यता छ ।

तर, पछि हामी दुईवटा कुरामा ध्यान दियौँ । जनस्वास्थ्यको मापदण्ड अबलम्बन गरेर पढाउने, परीक्षा लिने र जहाँ जहाँ जोखिम बढेको छ त्यहाँ सिकाइको वैकल्पिक विधि अपनाएर पढाउने । भाइबहिनीको पढ्ने पढ्न पाउने हक सुरक्षित होस् र शैक्षिक वर्ष नगुमोस् भनेर हामीले चारवटा निर्देशिका जारी गर्‍यौं ।

ती निर्देशिका अल्मल्याउने खालका छैनन्, एकअर्कालाई सहयोग पुर्‍याउने खालका नै छन् । पहिलोमा वैकल्पिक शिक्षाको कुरा गर्‍यौं, दोस्रोमा आकस्मिक कार्ययोजनाको कुरा सामेल छ । तेस्रोमा आएर परीक्षा सम्बन्धी कुरा गर्‍यौँ भने  चौथोमा विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि बनायौँ ।

विद्यालय खोल्ने कुरालाई स्थानीयकरण गर्नुपर्छ । कतै कोरोनाको महामारी छ, कतै छैन । त्यसैले मेयर, प्रमुख जिल्ला अधिकारी, शिक्षासँग सरोकार राख्ने सबैसँग कुरा गर्‍यौँ र विद्यालय सञ्चालन निर्देशिका तयार पार्‍यौं ।

शिक्षाप्रति सरकार संवेदनशील छ । शिक्षालाई बढी ध्यान दिनुपर्छ । जोखिमलाई घटाउनुपर्छ । जोखिमयुक्त अवस्थामा पठनपाठन हुनुहुँदैन र शिक्षालाई महत्व दिनुपर्छ । त्यसैले पहिलो जीवन दोस्रो शिक्षा भनेर हामी अघि बढिरहेका छौँ । 

आठ महिनापछि विद्यालय सञ्चालन कार्यढाँचा २०७७ लागू भयो । सुरुमा आउनुपर्ने कार्यढाँचा शैक्षिक सत्रको अन्तिममा आउँदा सरकारले शिक्षालाई प्राथमिकतामा राखेको छ भनेर कसरी पत्याउने ?

सुरुमा मानसिक भय बढी भयो, कोभिडको विषयमा । विद्यार्थी र अभिभावक दुवैमा त्यो भय थियो । हाम्रो तयारी पनि थिएन । पछि हामीले महसुस गर्‍यौँ । वैकल्पिक शिक्षाको विधिमा हामीले पाँच भागमा विद्यालयलाई वर्गीकरण गर्‍यौँ । रेडियो, टेलिभिजन, इन्टरनेटको पहुँच भएको/नभएको गरी वर्गीकरण गर्‍यौं । अभिभावकलाई पनि विद्यार्थीको पठनपाठनमा संलग्न गरायौँ । मोबाइलमा सीयूजी समूह बनायौँ ।

यस्तै, शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको आईटी शाखाले कार्यक्रम उत्पादन गरेर वेब पोर्टलमा राख्यो ।

शैक्षिक क्षेत्र सवलीकरणका लागि धेरै कुरा गरेका छौँ, तर संसारलाई नै स्तब्ध पार्ने यत्रो ठूलो महामारीमा आउँदा एकैचोटि सबै कुरा सम्बोधन गर्न नसकेको मात्र हो ।

हाम्रो तयारी कम्ती होला तर हामीले तयारी नगरी बसेका होइनौँ ।  स्थानीय तह पनि विद्यालय सञ्चालन छिटो गर्न भन्छन् ।

घरमै बस्दा भाइबहिनीहरु जोखिममै छन् । उनीहरु घरभित्रै बसेका छैनन् । झन् घरबाहिर खेलकुद, हिँडडुल गरिरहेका छन् । त्यसकारण जोखिम घटाउन पनि पठनपाठनको क्रियाकलापमा संलग्न गराउन स्थानीय तहको जोडबल छ ।

तर, हामीले पठनपाठनको क्रियाकलाप गराउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्छ भन्यौँ । यो अलि बढी स्थानीय तहको कुरा हो ।  कतिपय स्थानीय तहले औपचारिक निर्णय गर्दै, आफैँ पठनपाठन गराइरहेका छन् । कतिपयले 'जोखिम बढ्यो, हामी गराउँदैनौँ' भनिरहेका छन् ।

जिल्लास्तरी विपद व्यवस्थापन समिति छ । त्योसँग समन्वय गरी अलिकति सहजीकरण गर्ने भूमिका पालिकाहरुले निभाउन्, विद्यालय व्यवस्थापन समिति र विद्यालय स्वयम् पनि जिम्मेवार होउन् भनेर सबै निकायको भूमिका कार्यढाँचामा उल्लेख गरेका छौँ ।

अर्काथरीले विद्याल खोल्न नहुने पनि भनिरहेका छन् ।

सबैको भुमिका कार्यढाँचामा उल्लेख छ । निकै उपयोगी यसलाई अझ परिमार्जन गर्ने ठाउँ त छँदै छ ।

वैकल्पिक प्रणाली या भौतिक रुपमै सबै ठाउँमा पठनपाठन भएका छन् कि छैनन्, त्यसको अनुगमन कसले गर्ने ? राजधानीकै कति सरकारी विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ भइरहेका छैनन् । देशभरि रहेका त्यस्ता विद्यालय र विद्यार्थीको हकमा के गर्ने ? 

पहिला जिल्ला शिक्षा निरीक्षकले अनुगमन गर्नुहुन्थ्यो । विद्यालय शिक्षा कार्यालयअन्तर्गत प्राविनि र माविनि भन्ने थियो । जुन अहिले छैन । अहिले अनुगमन स्थानीय तहले गर्नुपर्छ । जस्तै, प्रदेश २ ले सामाजिक संस्थाको सहयोगमा सबै विद्यालयको अनुगमन गरी विवरण राखेको छ । कार्यढाँचा बनाउनुपूर्व नै उहाँहरुले विवरण दिनुभएको थियो ।

सहरबजारका केही सरकारी विद्यालयमा अलिकति समस्या छ । अपांगता भएका विद्यार्थीहरु विशेषरुपमा यो समस्या भोगिरहेका छन् ।

विशेष परिस्थितमा विद्यालय र विद्यार्थीको हकमा विशेष किसिमकै व्यवस्था गर्नुपर्छ । जो विद्यार्थीले कुनै पनि माध्यममा पढ्न पाएका छैनन्, तिनको अनुगमन पनि विशेष किसिमले गर्ने र व्यवस्थापन पनि विशेष किसिमले गर्ने धारणा राखेर हामीले जिल्ला समन्वय इकाईलाई अनुगमन गरेर तथ्यांक संकलन गरेर पठाउनु र स्थानीय तहलाई विद्यालय सञ्चालन भए/नभएको सम्पूर्ण गतिविधि हेर्नु भनेका छौँ ।

संघीय तहका मन्त्रालय सबै ठाउँमा पुग्न सक्दैन । संघीयतामा देश गइसकेपछि पालिकाहरु नै बढी जिम्मेवार हुन्छन् ।  जसले गर्दा कोही प्रोएक्टिभ भए, कोही भएनन् ।

अर्को एउटा मनोविज्ञानले नि काम गरेको जस्तो लाग्छ । सामुदायिक विद्यालय खोल्दा काम गर्नुपर्छ भन्ने शिक्षकको मानसिकता पनि कताकतै पाइयो, जसले पठनपाठन प्रभावित भयो ।

माध्यमिकसम्मको विद्यालय स्थानीय तहको भन्ने तर एसईई केन्द्रले नै गराउन खोज्ने ? जबकि १२ को परीक्षा राष्ट्रिय परीक्षाको रुपमा लिइन्छ । अझै पनि एसएलसीकै धङधङीमा हो ?

विद्यालय सञ्चालन र विद्यालय व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारी हो । तर, मापदण्ड, नीति, परीक्षा, परीक्षाको वैधता, परीक्षाको गुणस्तरको कुरा संघीय सरकारको हो ।  एसईईको परीक्षा संघीय सरकारले लिनु भनेको त्यो परीक्षालाई मान्यता दिनु हो । हामीले संघीयतालाई पालना गरेनौँ वा पुरानै पद्धतिको धङधङीमा छौँ भन्ने होइन ।

परीक्षण विधि, यसको वैधता र गुणस्तर कायम गर्न संघीय मुलुकमा प्रायः संघीय सरकारले नै लिन्छ । एकाध मुलुकमा त्यस्तो छैन ।

तर, एसईईमा विद्यार्थीले पाएको नतिजामा विवाद त उठ्यो नै । अहिले पनि १२ को परीक्षामा विद्यार्थीले मोबाइलबाट चिट चोरेको भिडियो भाइरल भएको छ । आफ्नो हात जगन्नाथ भनेको जस्तो यसलाई के भन्नुहुन्छ ?

भिडियोको कुरामा त्यो साइबर क्राइम पनि हुन सक्छ । कसैले टिकटक बनाएको र खेँलाची गरेको जस्तो पनि देखिन्छ । यसमा अनुसन्धान भइरहेको छ । ती सबै कुरा नभएरै परीक्षाको मापदण्ड बनाउनुपर्‍यो । अहिले हामी विशेष अवस्थामा छौँ, गल्ती कहीँ नहोस् भन्ने धारणा हो । धेरै ठाउँमा अनुगमन गर्न सकेनौँ होला, तर परीक्षालाई औपचारिकताको रुपमा मात्र हेर्नु हुँदैन । परीक्षा लिँदा नि आलोचना हुने, परीक्षा नलिँदा नि हुने, संक्षिप्त परीक्षा लिँदा नि आलोचना हुने । अपवादबाहेक परीक्षा मर्यादित ढंगले नै भइरहेको छ । 

अर्को एसईई आउने बेला भइसक्यो, परीक्षा कसरी लिने बारे छलफल गरिरहेका छौँ । पढाई नै नभएका विद्यालयका हकमा के गर्ने ? त्यसबारे नि अहिले नै छलफल चलाइरहेका छौँ ।

काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा गरेपछि समय घर्केपछि मात्र त्रिभुवन विश्वविद्यालयले परीक्षा गर्ने निर्णय गर्‍यो । हामी किन कुनै काम समयमै गर्न सक्दैनौ ?

विद्यालयभन्दा विश्वविद्यालयमा अलि परिपक्व र प्राज्ञिक स्वायत्तता हुने हुँदा अलि छिटो काम गर्न सकिन्थ्यो होला ।  त्रिभुवन विश्वविद्यालय स्नातकको वैशाखमा हुनुपर्ने ८० हजार विद्यार्थीको परीक्षा २१० परीक्षा केन्द्रमा मंसिर २८ बाट हुँदैछ ।

पहिला सञ्चालन गर्न सायद डरकै मानसिकताले रोक्यो होला । तर, अब परीक्षा भइरहेको छ । शिक्षाविद् र मिडियासँग छलफल गर्दा गर्नुहुँदैन र गर्नुहुन्छ भन्ने तर्क उत्तिकै थिए ।

१२ कै परीक्षा गराउन खोज्दा कतिले नगर्न पनि दबाब दिए । तैपनि हामीले अब ढिलो गर्नुहुन्न भन्दै निर्णय गर्यौँ ।

कोभिडले समग्र जीवन प्रणाली नै ढिलो बनाएको छ । अमेरिका र युरोप पनि प्रभावित भएकै छन्, तर भाइरसप्रति जनचेतना बढेपछि हामी कहाँ गतिविधि बढिरहेका छन् । 

वैकल्पिक या कुनै पनि माध्यममा नजोडिएका विद्यार्थीलाई कसरी पढाउने तयारी गर्नुभएको छ ?

पहिलो कुरा त, कति विद्यार्थी प्रविधि पहुँचका वर्गीकरण दृष्टिको ५ वटा माध्यममा जोडिए भन्ने कुरा हुन्छ । स्थानीय तहले त्यो सबै तथ्यांक हामीलाई दिइसकेका छैनन् ।

केही प्रारम्भिक तथ्यांक आइसकेका छन् । तर, तथ्यांक ल्याउने व्यक्ति कोरोना संक्रमित भएकोले गर्दा केन्द्रसम्म नआइपुगेको हुनसक्छ ।  प्राप्त प्रमाणका आधारमा कुनै पनि माध्यममा नजोडिएकालाई कसरी पठनपाठन गराउने भन्ने बारे छलफल पनि चलाइरहेका छौँ ।

प्रणालीलाई परिमार्जन गर्दै लैजाने हो । कोभिड लम्बिदै जाँदा वैकल्पिक विधि, प्रविधिप्रति उन्मुख हुँदै गएका छन् । त्यसैले वैकल्पिक विधिलाई सवलीकरण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

भोलि त हामी सबै प्रविधिमा जोडिइनै हाल्छौँ ।  त्यहाँ अघि म महालेखा नियन्त्रकको कार्यालयमा थिएँ । त्यहाँ सिस्टम बनाएर सबै तथ्यांक राखेका थियौँ । 

यहाँ पनि हामी त्यस्तै गर्न खोज्दै छौँ । प्राथमिक र स्नातकोत्तर दुवै स्तरका भाईबहिनीलाई जोड्नुपर्ने । पाठ्यक्रम, स्तर, भुगोल तथा उमेर समूह सबै फरक छ । शिक्षाका कुरामा हामी धेरै विविधतामा छौँ ।

त्यसैले, केही असजिलो हो ।

कुनै माध्यममा नजोडिएका अपांगता भएका विद्यार्थीदेखि सम्पूर्णलाई एउटा पद्धतीमा जोड्न खोज्दैछौँ । चैतमै शैक्षिक सत्र सकाउन सकिन्छ कि सक्दैनौ विभिन्न मोडालिटिमा छलफल गरिरहेका छौँ । विज्ञहरुसँग एक तहको छलफल गरिसकेका छौँ ।

डा. गोविन्द केसीसँग भएको सम्झौता कहाँ पुग्यो ? सरकारले के गर्दैछ त्यसमा ?

डा. गोविन्द केसीजीले सरकारले पुरा गर्नुपर्ने दायित्व पुरा गर्न घचघच्याउनु भएको हो । उहाँको सोही भावनालाई मध्यनजर गर्दै सरकारले सम्झौता गरिसकेपछि उहाँले उठाएका कुरा, शिक्षा मन्त्रालय गर्नुपर्ने बर्दिबास, बुटवल, गेटा अस्पतालका प्रतिनिधिलाई बोलाएर छिटो काम गर्ने निर्देशन दिएका छौँ ।  प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्नुपर्ने विषयलाई तर्जुमा गरेर तत् तत् निकायलाई अब बन्ने कानुनमा समावेश गर्न पठाएका छौँ ।

यसैगरी, बजेट व्यवस्थापन, बयलपाटा अस्पताल, कानुन बनाउने विषय शिक्षा मन्त्रालय अन्तर्गत होइनन् ।  अर्थ मन्त्रालय, कानुन मन्त्रालय र अरु निकायसँग सम्बन्धित कुरा भएकाले यो प्रतिवेदनको कार्यान्वयन गर्नको लागि नियमित अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पठाएका छौं ।

अन्त्यमा मन्त्रालयको योजना के छ ?

पहिलो समग्र शिक्षा प्रणाली सुधार्ने योजना छ । यसमा हामी ढिलो भइसकेका छौँ । यदि यो काम गरेनौँ भने देशको लागि गर्नुपर्ने दायित्व पूरा हुँदैन । देशको लागि कतिवटा विश्वविद्यालय चाहिन्छ, थाहा हुनुपर्‍यो । यस्तै उच्च शिक्षा सम्बन्धी छाता ऐन चाहियो । दोस्रो संघीयता कार्यान्वयन भएको लामो समय भइसकेको छ, तर हामीसँग विद्यालय शिक्षासम्बन्धी ऐन छैन । 

विद्यालय शिक्षासम्बन्धी ऐन तर्जुमा गर्नुपर्नेछ, त्यो पनि कानुन मन्त्रालयमा पठाइसकेका छौँ । अहिलेको संविधानअनुसार शिक्षालाई व्यवस्थित गर्ने कुरा छ, त्यसमा ।  जस्तो पहिले जिल्ला शिक्षा अधिकारी, क्षेत्रीय निर्देशक थियो, उनीहरुले गर्ने काम अहिले कसले गर्ने ? अब माध्यामिक शिक्षा स्थानीय तहमा पुग्यो । 
शिक्षकलाई खटनपटन, शिक्षक नियुक्ति, उत्तरदायित्व ल्याउने विषय पनि ऐन उल्लेख छ । यो ऐन आउन निकै ढिला भइसक्यो । 

तेस्रो प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी ऐन आउन पनि ढिला भयो । यी ३ वटा ऐन कानुन मन्त्रालयमा पठाएका छौँ । यी ऐन छिटो आएमा शिक्षासम्बन्धी व्यवस्थापन गर्न सक्छौँ होला । नेपालको शिक्षा ज्ञानमुखी छ । हामी टेबल मान्छे बनाउँछ, जागिर खोज्ने मान्छे बनाएका छ । जागिर उत्पादन गर्ने मान्छे बनाउँदैन ।  त्यसैले माध्यामिक शिक्षाको उद्देश्य, उच्चशिक्षाको उद्देश्य र शिक्षाको राष्ट्रिय उद्देश्य प्रष्ट्याउन जरुरी छ । 

यदि ढिलो गरेमा गुणस्तरीय नागरिक तयार गर्न सकिँदैन । शीपयुक्त नागरिक भएनन् भने त्यो व्यक्ति अस्वभाविक हुन्छ र त्यस्तो व्यक्ति आफैँलाई बोझ हुन्छ ।

यहाँ पुरानै शीपरहित पद्धतिबाट जनशक्ति उत्पादन हुन्छ । आफैँलाई काम नलाग्ने नागरिक तयार गरेर के गर्ने ?

समय अनुसार प्रणाली विकास गरेनौं भने पछिल्लो पुस्तामा पनि हामी यही प्रणाली हस्तान्तरण गर्न पुग्छौँ । त्यसैले हामी अस्वभाविक बन्न पुग्छौँ । फेरि सामाजिक संस्कृति छिटो परिवर्तन हुँदैन । त्यसैले हरेश खानुहुँदैन, विस्तारै गर्दै लैजानुपर्छ ।  अहिले शिक्षा सम्बन्धी समग्र तथ्यांक लिने, विद्यार्थी र शिक्षक सबैको सम्पूर्ण प्रोफाइल तयार गरेर कम्प्युटरमा अपडेट गर्ने र एकै औँलाले कम्प्युटरमा थिच्नेबित्तिकै सम्पूर्ण सूचना पाउन सकिने बनाउन यो गर्दै छौं । 

शिक्षा क्षेत्रको रणनीतिक योजना रणनीति योजना बनाउँदैछौँ । यही आर्थिक वर्षमा बनाइसक्नुपर्ने योजनामा ११ वटा थिम्याटिक ग्रुप बनाएर काम सुरु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro