विशेष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको विवाद उत्कर्षमा पुगेका बेला नेता सुरेन्द्र पाण्डेमाथि आक्रमण भएको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । “कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु,” उनले भनेका छन् ।
नेता पाण्डेमाथि शनिबार चितवनमा नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७ १८:५८
प्रतिक्रिया दिनुहोस्