site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
 एनएमबी बैंकले वायोमास पेलेट परियोजनामा लगानी गर्ने

काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रा. लि.सँग वायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोड वरावरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ । 

बकस रिन्युएबल ईनर्जी प्रा. लि.लाई इन्टरनेसनल फाइनान्स कर्पोरेशनद्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सीजन प्राइभेट लिमिटेडले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा ५ करोड र बकस रिन्युएबल इनर्जी कम्पनिका प्रमोटरहरुद्धारा ५ करोड वरावरको लगानी रहेको छ । एनएमबी बैंकले प्रदान गर्ने १६ करोड वरावरको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरीद गर्ने कार्यमा र चालु पुँजीमा उपयोग गर्ने छ ।

यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडिको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ । बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९ हजार ८ सय २४ मेट्रिक टन वरावरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडिहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ ।

वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडि जस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलब्ध गराउने सम्बन्धी संझौता गरिसकेको छ । प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडि तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।

विजनेश अक्सिनका प्रमुख कार्यकारी अधिकृत सिद्धांतराज पाण्डेले यसवाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुक भित्र नै कोईलाको विकल्प तयार हुने बताए ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्घन गर्ने क्षेत्रमा लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाऊँदा अत्यन्त खुशी भएको बताए । यस्ता परियोजनाहरूले वास्तविक रुपमा समाजको तल्लो तहसम्म पुगि विपन्न वर्गको जिवन रुपान्तरण गर्ने र भविष्यमा पनि यस्ता परियोजनाहरूमा लगानी गर्ने बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro