site stats
बाह्रखरी :: Baahrakhari
खेल
वेरनरले डेब्यु गोल गरेको खेलमा चेल्सी बराबरीमा रोकियो

एजेन्सी । जर्मन स्ट्राइकर टिमो वेरनरले डेब्यु गोल गरेको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा वेरनरले साउथहाम्पटनविरुद्ध प्रिमियर लिगको पहिलो गोल गरेका थिए ।  वेरनरको दुई गोलको मद्दतले चेल्सी साउथहाम्पटनसँग ३–३ को बरारबीमा रोकिएको हो । उनले चेलसीका लागि दुई गोल गर्दा एक गोलका लागि असिस्ट समेत गरेका थिए । 

खेलको १५ औं मिनेटमा चिलवेलको लामो पासमा वेरनरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा वेरनरले व्यक्तिगत दोस्रो गोेल गर्दै चेलसीलाई २–० ले अगाडी बढाए । तर, पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा साउथहाम्पटनका डानी इङ्सले गोल गर्दै खेल २–१ को स्थितीमा ल्याएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

५७ औं मिनेटमा चे एडमले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसको दुई मिनेट नबित्दै चेल्सी गोल गर्दैै खेलमा पुनः अग्रता लिएको थियो । ५९ औं मिनेटमा वेरनरको पासमा काई हाभर्टले गोल गर्दै चेल्सीलाई ३–२ को अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा चेल्सी सम्हालिन नसक्दा खेल बराबरीमा रोकिन पुगेको हो । 

खेलको इन्जुरी समयमा साउथहाम्पटनका वानिक भेस्टेर्गार्डले गोल गरे । उनले वालकोटको पासमा गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै चेल्सीले पाँच खेलमा ८ अंक जोडेको छ । समान खेल खेलेको साउथहाम्पटनको सात अंक छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २१:५६
प्रतिक्रिया दिनुहोस्