site stats
बाह्रखरी :: Baahrakhari
देश
रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए । 

उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २१:२५
प्रतिक्रिया दिनुहोस्