site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जिल्लामा पहिलोपटक पीसीआर मेसिन
Ghorahi CementGhorahi Cement

 नवलपरासी । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पीसीआर मेसिन भित्रिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसीआर मेसिन हस्तान्तरण गरेको हो । 

जिल्लामा पिसीआर मेसिन नहुँदा चितवन, पोखरालगायतका स्थानमा लगेर कोभिड–१९ को परीक्षण गर्नुपर्ने अवस्थामा मेसिन भित्र्याइएको हो ।  मेसिन भित्र्याइएको भएपनि यसलाई जडान गरेर नियमित सञ्चालनमा ल्याउन एक महिना लाग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । 

Agni Group

उक्त मेसिनका लागि स्थान र जनशक्ति व्यवस्थापन, मेसिनको गुणस्तर परीक्षणलगायत काम बाँकी रहेकालेले गर्दा पीसीआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने चापागाईको भनाइ छ । 

जिल्लामा सङ्क्रमणको दर बढिरहेको अवस्थामा सङ्घीय सरकारका तर्फबाट उपलब्ध गराइएको पिसीआर मेसिन सांसद तिलक महतले अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई हस्तान्तरण गरेका हुन् । पीसीआर मेसिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै सांसद महतले यसले कोभिड विरुद्धको लडाइलाई अझै सहज बनाउने बताए । कार्यक्रममा महतले जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै जिल्लामै सबै सेवा उपलब्ध गराउनतर्फ आफूले सङ्घीय सरकारसँग पहल गरिरहेको बताए । 

Global Ime bank

नयाँ मेसिनले एक पटकमा ९० देखि १०० वटा नमूनाको परीक्षण गर्न सक्ने क्षमता रहेको अध्यक्ष खनालले बताए । उनका अनुसार सो मेसिनबाट दैनिक ४०० देखि ५०० नमुनाको परिक्षण गर्न सकिनेछ । हाल नवलपरासीपूर्वमा सङ्क्रमितको सङ्ख्या एक हजार २९९ पुगेको छ । सङ्क्रमितमध्ये ८५० जना निको भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC