site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भाषणमा भ्रष्टाचारको जति विरोध गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली, उनको सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को व्यवहार र नीतिहरूबाट भ्रष्टाचार बढ्ने निश्चित देखिन्छ । प्रधानमन्त्री ओलीको नियतमा शंका नगरे पनि उनको सरकारका क्रियाकलापले भ्रष्टाचार बढेको छ र नियन्त्रित हुने कुनै लक्षण देखिँदैन । कानुनमा भएका प्रावधानहरू मन्त्रीहरूले समेत स्वतः पालना नगरेपछि तिनकै मातहतमा रहेका कर्मचारीले पालना गर्ने अपेक्षा गर्नु मूर्खता हुन्छ । जनताले धेरै चासो राखेको नदेखिए पनि मन्त्रीहरूको सम्पत्ति विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नियम भ्रष्टाचार नियन्त्रणको एउटा उपाय हो । तर, नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको दुई वर्ष भयो । तर, न प्रधानमन्त्री ओलीले ताकेता गरे न संसदीय समितिमा नै प्रश्न उठाइयो । प्रचलित कानुनअनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । 

केही दिन पहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला र पूर्व प्रधानमन्त्रीहरू सत्तारुढ नेकपाका अध्यक्ष द्वय केपी ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भ्रष्टाचारको गम्भीर आरोप लगाए । भट्टराईका अनुसार बूढीगण्डकी जलविद्युत् आयोजनाको ९ अर्ब रुपियाँ ओली, दाहाल र देउवाले हिनामिना गरेका छन् । कोभिड—१९ का क्रममा स्वास्थ्य सामग्री खरिद गर्दादेखि भ्रष्टाचार र आर्थिक अनियमितताका अनेकौँ घटना सार्वजनिक भएका छन् । ** यसैबीच नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती दिएर सकारात्मक अग्रसरता देखाएको छ । सरकारले भने त्यस्ता आरोपको खण्डन गर्नसमेत आवश्यक ठानेन । संघीय सरकारमा जस्तै प्रदेश र स्थानीय सरकारका पदाधिकारीमाथि पनि आआफ्नै प्रकारका भ्रष्टाचारका बग्रेल्ती आरोपहरू लागेका छन् । दुर्भाग्य, भ्रष्टाचारमा कारबाही चलाउने दायित्व भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको ‘आदेश मान्ने पूर्वकर्मचारी’को क्लबमा सीमित भएको छ ।   

सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने वा कुनै व्यक्तिले आरोप लगाएको विषय झट्ट हेर्दा सामान्य देखिन्छन् । सम्पत्ति विवरण सार्वजनिक गर्दैमा भ्रष्टाचार रोकिने हैन । यस्तै, डा. बाबुराम भट्टराईजस्ता राजनीतिक दलका अधिकांश नेता सस्तो लोकप्रियताका लागि यस्ता आरोप लगाउन हिचकिचाउँदैनन् । तर, यस्ता विषयलाई बेवास्ता गर्दा भने भ्रष्टाचार मौलाउने गर्छ । भ्रष्टाचारसम्बन्धी अध्येताका अनुसार शासनमा एकाधिकार र तजबिज बढ्ने तथा पारदर्शिता एवं जवाफदेही घट्ने भयो भने भ्रष्टाचार पनि बढ्छ । अर्थात् भ्रष्टाचारको एकाधिकार र तजबिजसँग सकारात्मक र पारदर्शिता एवं जवाफदेहीको नकारात्मक सहसम्बन्ध हुन्छ । यसैले प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नहुँदा पारदर्शिता घट्यो । पारदर्शिता नहुनु भ्रष्टाचारलाई मलजल हुनु हो । यथा, ओली र दाहालले भट्टराईको आरोपलाई उपेक्षा गर्नु जवाफदेही नहुनु हो । यी दुवै क्रियाकलापले भ्रष्टाचार बढाउँछन् । सम्पत्ति विवरण तत्काल सार्वजनिक गरेर भ्रष्टाचारको सन्देह घटाउँदा प्रधानमन्त्री ओली र मन्त्रीहरूलाई लाभै हुन्छ । *भट्टराईको आरोप सही होइन भने ओली र दाहालले पनl देउवाले जस्तै सार्वजनिक मञ्चबाट चुनौती दिने आँट गर्नुपर्छ । भट्टराईले पनि आरोप लगाउँदैमा आफूसँग उनीहरूले भ्रष्टाचार गरेको प्रमाण भएको दाबी गरेका छन् । भट्टराईले कुनै ‘सगुफा’ मात्र छाडेका हैनन् भने त्यस्तो प्रमाण सार्वजनिक गर्ने आँट पनि गर्नुपर्छ । नत्र, यस्तो अभिव्यक्तिले भ्रष्टाचारका सही आरोपलाई कमजोर बनाउँछ र प्रकारान्तरले भ्रष्टाचारलाई नै सहयोग पुग्छ । त्यस अवस्थामा ओली, दाहाल, देउवासँगै भट्टराईले पनि भ्रष्टाचारलाई नै मलजल गरेको सिद्ध हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC