बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
हैदरावादविरुद्ध बलिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेन्चमा 
Godraj friday
Godraj friday
बाह्रखरी - मंगलबार, असोज १३, २०७७
Laxmi Bank
Laxmi Bank

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । 

सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने भएको छ । दिल्लीविरुद्ध हैदरावादले केही बेरमा ब्याटिङ गर्ने भएको छ । 

Rohto Landing

Agani Group

आजको खेलमा पनि नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले मौका पाएनन् । दिल्लीले तीन खेल खेल्न लाग्दा सन्दीप आज पनि बेन्चमा बसेका छन् । 

आजको खेलमा दिल्ली लगातार तेस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको थियो । आजको खेलमा पनि दिल्ली हैदरावादलाई हराउने योजनामा छ ।

sarbottam cement

यता हैदरावाद पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको हैदरावाद दोस्रो खेलमा कोलकाता नाइट राडर्ससँग ७ विकेटले पराजित भएको थियो । लिगमा आफ्नो सम्भावना बलियो बनाई राख्न हैदरावादलाई आजको खेलमा जित निकाल्नु पर्नेछ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, असोज १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्