site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल-चीन पहिलो व्यापार बैठक सम्पन्‍न, के-के भए सहमति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल-चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठक सम्पन्‍न भएको छ । भर्चुअल माध्यमबाट आयोजना भएको बैठकको नेपाल टोलीको नेतृत्व सहसचिव प्रकाश दाहालले गरे ।

दुई देशबीच पारवाहन ढुवानी सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयन, व्यापार सहजीकरण, सीमा नजिक रहेका सीमा वारपार आर्थिक क्षेत्र स्थापना, व्यापार पूर्वाधार विकासमा सहयोगलगायत विषयमा सहमति भएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमार्फत् रसुवाको टिमुरेमा जाँच स्टेसन-सुख्खा बन्दरगाह निर्माण गर्ने, १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य वस्तुलाई चीनले नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्ने सहमति दिएको छ ।

यस्तै नेपालमा वनस्पति तथा पशुजन्य वस्तु जाँच गर्न चिनले सघाउने पनि भएको छ । सोही अवसरमा स्याफ्रुबेसी–रसुवा सडक स्तरोन्नतीमा चीनले सघाउने सहमति दिएको छ ।

Global Ime bank

यस्तै नेपाल-चीनबीचको दुवै नाका सञ्चालनमा आउने भएको छ । बैठकमा नेपालले चीनलाई मुस्ताङको कोराला नाकामा एकीकृत सीमा जाँच स्टेसन बनाउन अनुरोध गरेको छ । यस्तै किमाथांका र ओलांचुंगोलामा व्यापार पूर्वाधार बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ ।

व्यापार बैठकमा नेपाल र चीनका ११–११ जना सहभागी थिए । चीनको तर्फबाट पेङ गाङले वैठकको नेतृत्व गरेको मन्त्रालयले जानकारी दिएको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC