बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म कोभिड ! अभिनव ढुंगाना
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, असोज ५, २०७७
Laxmi Bank
Laxmi Bank

आजभोलि मलाई आनन्द आइर’छ । संसारभर फैलिएर मानिसहरुको शरीरभित्र प्रवेश गर्न मज्जा आउँदो रहेछ । एक मानिसबाट अर्को, अर्कोबाट अर्को गर्दै संसार घुम्न त झन् मजा । तपाइँले चिन्नु भएन? म कोभिड —१९ । त्यही कोरोना । मलाई धेरै नामले चिन्छन् । जस्तै नोबल कोरोना, कोभिड—१९ आदि । 

बिचरा मानिसहरु मसँग औधी डराउँछन् । आफू यसरी चर्चित हुँदा म खुसी छु । यही क्षणमा पनि म कति धेरै मानिस कहाँ पुगिसकेँ होला । म छु नै त्यस्तै ! सबैतिर घुम्दा र फैलँदा रमाउँछु । मलाई फोहोर मन पर्छ, कमजोर व्यक्ति मन पर्छ । मलाई स्वस्थ, सुग्घरी र बलियो मानिस मनै पर्दैन । साँच्ची भन्नुपर्दा मलाई बलियो मानिसदेखि त डर पो लाग्छ । उनीहरुमा प्रवेश गरेपछि मेरो मृत्यु पनि हुन सक्छ तर बलियो मानिस हुँदै कमजोरमा भने म जानसक्छु । 

म भाइरस प्रजातिको हुँ । मेरो पूववर्तिहरू थरीथरीका थिए । एकसय वर्षअघि पनि स्पानिस फ्लुको रुपमा मानव जातिको संसर्गमा आएको हो । मै त हैन तर मजस्तै हो । त्यतिबेला धेरै फैलिएको, धेरै मान्छेलाई मार्न सफल भएको । पछि बिस्तारै शिथिल हुँदै हराउन पुग्यो । 

Global bank

Agani Group

मानिसको प्रकृति माथिको अन्याय र नराम्रा कार्यले म अठार वर्षअघि  फेरि देखिएँ । त्यसबेला मेरो नाम सार्स कोरोना थियो । दुई वर्ष मान्छेसँग बसेर भाइरसकै दुनियाँमा फर्किएँ । यसपटक मलाई  नोबल कोरोनाभाइरस अर्थात् कोभिड–१९ भनियो । चीनबाट सुरु भएर म यसपल्ट संसारभर फैलिएको छु । 

डिसेम्बर २०१९ मा मेरो यात्रा सुरु हुँदादेखि आजसम्म कति फैलिएँँ ? आज विश्वभर तीन करोडभन्दा बढी मानिसले मेरो स्वाद चाखी सके । झन्डै दस लाखले त मलाई थेग्नै नसकेर प्राण त्यागे । नेपालमै हेर्नुस् न म दुई महिना अघिसम्म दुई हजारको हाराहारीमा थिएँ तर अहिले  ६० हजारभन्दा धेरै मानिसमा  पुगि सकेँ । त्यो पनि पत्ता लागेका, कति त पत्ता लाग्नै बाँकी होला ।

sarbottam cement

मैले संसारकै आनीबानी बदलेँ । कसैले गर्न नसकेको सारा विश्व एकैपटक ठप्प पार्ने काम मैले गरेँ । सबैले भाइरस शब्द संगै लकडाउन पनि जाने । स्कुल, कलेज, नाटक घर, सिनेमा घर, खाजा घर, कार्यालय, उद्योग, व्यापार सबै बन्द गरिए । यी सबै काम मैले नगरे पनि म फैलिएका कारणले भए । तर म घटेको छैन । 

मेरो खुबी एउटा मानिसको नाक, मुखबाट निस्केका थुक अथवा र्‍यालका छिटा अथवा भनुँ ड्रपलेटबाट अर्को मानिसमा सर्ने हो । मानिसहरूले व्यक्तिगत सरसफाइ जस्तै हात धुने नियम पालना गर्ने, एउटा मान्छेबाट अर्को मान्छेको दूरी अलि टाढा रहने गरेका भए मलाई गाह्रो हुन्थ्यो । मुख्य कुरा त सबैले नाक, मुख पूरा छोपिने गरी मास्क लगाए मलाई फैलन धौ धौ हुन्थ्यो । सबैले यस्ता नियम पालना गरेर मलाई फैलिनबाट रोक्न सक्थे । तर हेर्नुस् त भिडभाड उस्तै, मास्क लगायो कि चिउँडोमा कि टाउकोमा गर्छन् ! अनि मलाई क्या मज्जा ! 

मेरो कारण स्कुल, कलेज बन्द भएर वालबालिकाले पढ्न खेल्न पाएका छैनन् । मेरो कारण भएको लकडाउनको फाइदा पनि त छ । मानिसले परिवारसँग समय बिताउन पाएका छन् । तर अहिले सुन्दैछु, लामो लकडाउनले गर्दा मानिसहरु बेरोजगार भएका छन् रे ! बेरोजगारीले गर्दा भोकमरी हुने, गरिब मान्छेको संख्या बढ्ने भइरहेको छ रे ! 

मलाई यहाँ अहिले फैलन जति मजा आए पनि भाइरस संसारमा जान मन छ । तर म आफूखुसी जान सक्तिन । मलाई यहाँबाट भगाएर भाइरस संसारमा पुर्‍याउन तपाईँहरुले केही विधि अपनाएर सहयोग गर्नुपर्छ । दिनमा धेरैपटक हात धुने, सफा लुगा लगाउने, भिडमा नजाने, सबैसँग कम्तीमा दुई मिटरको दूरी राख्ने, खोक्दा वा हाछ्युँगर्दा मुख छोप्ने, मास्क लगाउने, ज्वरो आएमा, खोकी लागेमा, जीउमा गाह्रो भएमा, पखाला लागेमा डाक्टरको सल्लाह लिने । यसले गर्दा मेरो लहरो अर्थात चेन टुट्छ अनि फैलिन पाउँदिन । 

अनि मलाईमात्र भाइरस संसारमा फिर्ता पठाएर पनि हुँदैन । मेरा अरु साथीलाई यहाँ आउन पनि रोक्नुपर्छ । त्यसको लागि तपाईंले प्रकृतिलाई विनाश हुने गरी गरिरहेका काम रोक्नुपर्छ । म फर्केर आउने बाटो थुन्नुपर्छ । तर केही मानिसहरु मलाई भाइरस संसार फर्काउने उपाय थाहा भएर पनि अपनाउँदैनन् । त्यसले गर्दा अरु धेरै मानिसलाई असर गर्छ । सबैभन्दा धेरै स्कुलमा पढ्ने बालबालिकालाई  असर परिरहेको छ । ती अबुझ मानिसहरुलाई सम्झाउनु पर्छ । 

(विद्यार्थी कक्षा ५, पाठशाला नेपाल फाउण्डेसन, बानेश्वर)
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, असोज ५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्