site stats
बाह्रखरी :: Baahrakhari
देश
घोराही उपमहानगरपालिकामा सिल

दाङ । दाङको घोराही उपमहानगरपालिकामा कार्यरत ६ कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका सिल भएको छ ।

उपमहानगरपालिकाका ६ कर्मचारीमा मंगलबार (हिजो) कोरोना पुष्टि भएपछि आजदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द हुने कार्यालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘कार्यालका ६ कर्मचारीमा कोरोना देखिएपछि कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपत् व्यवस्थापन र सरसफाइ सेवालगायत अत्यावश्यक सेवाबाहेकका अन्य सेवा आजदेखि असोज ४ गतेसम्म स्थगित गरिएको छ,’’ कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी सूचनामा भनिएको छ ।
 

 

 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्