site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरी मुख्यालयमा कोरोनाका २१० सक्रिय संक्रमित, देशभर १,७३५ प्रहरीमा संक्रमण

काठमाडौं । प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या फेरि एकाएक बढेको छ । पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा सय संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा ९७३ सहित १७ सय ३५ सक्रिय संक्रमित छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरी प्रधान कार्यालयमा कार्यरत २१० र काठमाडौं उपत्यकाका ७६३ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५९, प्रदेश २ मा १०८, वाग्मती प्रदेशमा १७०, गण्डकीमा ९४, प्रदेश ५ मा ११८, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ७९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्