site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अमेरिकाले भन्‍यो- नोभेम्बर १ देखि खोप वितरणको तयारी गर्नू
Sarbottam CementSarbottam Cement

एजेन्सी । संयुक्त राज्य अमेरिकामा नोभेम्बरमा हुने निर्वाचनको सरगर्मी बढेको छ । अर्कातिर कोरोना भाइरसको संक्रमणविरुद्धको खोपको तयारी द्रुत गतिमा भइरहेको छ । 

हाल नोभम्बरमा राष्ट्रपतिका लागि हुने मतदानभन्दा केही दिनअघि खोप वितरण गर्ने योजनाले नयाँ चिन्ता उत्पन्‍न गराएको छ ।  रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले स्वास्थय अधिकारीहरुलाई ५० वटै राज्यहरुमा १ नोभेम्बरसम्म खोप वितरणको तयारी गर्न आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

२७ अगस्तमा पठाइएका तीनवटा डकुमेन्टले दुईवटा खोप वितरणको विस्तृत विवरण सेट गरेको न्युयोर्क टाइम्सले जनाएको छ । सीडीसीले तयार गरेको निर्देशिकाअनुसार खोपको प्राथमिकतामा चिकित्सक र स्वास्थ्यकर्मीहरु, ६५ वर्षभन्दा माथिका व्यक्तिहरु र संक्रमणको उच्च जोखिममा रहेका समुदाय छन् । 

धेरै सम्भावित खोपहरू क्लिनिकल परीक्षणका क्रममा छन् । केही खोप परीक्षणको अन्तिम चरणमा छन् । 

Global Ime bank

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौउसीले परीक्षण अत्यधिक सकारात्मक भएको खण्डमा परीक्षण पूरा हुनुअघि खोप उपलब्ध गराउन सकिनेतर्फ संकेत गरेका छन् । तर वैज्ञानिकहरुले राजनीतिले सीडीसीको घोषणालाई ड्राइभ गरेको बताएका छन् । 

एरिजोनाका संक्रण रोकथाम इपिडिमियोलोजिस्ट सास्किआ पोपेस्कुले न्युयोर्क टाइम्सलाई भने, "यो समय… सार्वजनिक स्वास्थ्यको राजनीतीकरण र सम्भावित सुरक्षा समस्याहरूका लागि गम्भीर चिन्ताजनक छ । तर, निर्वाचनपूर्व खोपअगाडि बढाउन गाह्रो छैन ।" -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC