site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोरोना नियन्त्रणमा कमजोरी भएको भन्दै सिंगापुरका प्रधानमन्त्रीले माफी मागे 

सिंगापुर । सिंगापुरका प्रधानमन्त्री ली हिसियन लुङले कोरोना भाइरस प्रकोपको सामना गर्न सरकारबाट  गरेको गल्ती स्वीकार गर्दै माफी मागेका छन् । 

यीमध्ये महामारीका समयमा भएको एउटा त्रुटि आप्रवासी कामदारहरूसँग सम्बन्धित रहेको जनाइएको छ । महामारीका समयमा समेत एकै कोठामा २० जनाभन्दा बढीलाई राखिएका कारण पनि कोरोना फैलिएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री लुङले सरकारले 'अझ बढी आक्रामक र  चाँडो' रुपमा कोरोनाविरुद्धको अभियान सुरु भएको र हुनुपर्ने बताएका छन् । 

"हामीले सतर्कता बढायौं । एक समयको लागि यो पर्याप्त देखिन्थ्यो । तर त्यसपछि आप्रवासीहरुका  विशाल समूह झुण्डहरू एकै छानामा राखिएपछि कोरोना संक्रमणको त्रास बढेको हो, उनले भने ।"

सुरुमा कोरोनाविरुद्ध सफलता प्राप्त गरेकोमा प्रशंसा भएकामा पछिल्लो समय भने कोरोना संक्रमण बढेको छ । सिंगापुरमा ५६ हजार मानिसहरु कोरोना संक्रमति भएका छन् । जसमध्ये ५० हजार मानिसहरु कम तलब दिइएका आप्रवासी कामदार रहेको जनाइएको छ । 

हाल सिंगापुरले आप्रवासी छात्रावासहरु सिल गरेको छ र कोरोना परीक्षणमा तिव्रता दिएको छ । - बीबीसी
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्