site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मिसेल ओबामाले भनिन् - ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति

वाशिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् । 

नोभेम्बर  ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि जो बाइडेनलाई औपचारिक रुपमा डेमोक्रेटिक उमेदवार घोषणा गर्नका लागि सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको आलोचना गरेकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पूर्व राष्ट्रपति बाराक ओबामा पत्‍नी मिशेलले भनिन्, "डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन् ।"

मिशेलले डेमोक्रेटिक कन्भेन्सनका लागि तयार गरेको रेकर्डेड सन्देशमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारी र यससम्बन्धी तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उल्लेख गरेकी छन् ।

ह्वाइट हाउसले नागरिकलाई एकीकृत गर्ने तथा अप्ठ्यारोमा सजिलो पार्ने गरी नेतृत्व प्रदान गर्नुपर्ने ट्रम्प नेतृत्वले त्यस विपरीत विभाजन र बिग्रह मात्रै प्रदान गरेको तथा समभाव कतै प्रस्तुत नगरेको उनले बताएकी छन् । 'ब्ल्याक लाइफ म्याटर्स' लाई अझै पनि देशको सर्वोच्च निकायले उपहास गरिरहेको भन्दै मिशेलले ट्रम्पमाथि आक्रमण गरेकी हुन्।

उनले भनिन्, "हाम्रा नेताहरुले नागरिकहरुलाई राज्यको दुष्मनका रुपमा प्रस्तुत गरेको देखेका छन्, श्वेत प्राधनताका पक्षपातिहरुको समर्थन सर्वोच्च कार्यालयबाटै भएको छ ।"

"डोनाल्ड ट्रम्पले काम राम्रोसँग गर्ने र आफूलाई प्रमाणित गर्नका लागि आवश्यक भन्दा धेरै समय पाए, तर स्पष्ट छ कि उनलाई त्यसमा कुनै वास्ता छैन," उनले थपिन् । 

उनले पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनलाई ‘अति नै सभ्य मानव’ का रुपमा चित्रित गरिन् । उनले भनिन्, "हामीले जो बाइडेनलाई भोट गर्नु पर्छ यसमै हाम्रो जीवन अडिए जसरी ।" - बीबीसी

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्