site stats
बाह्रखरी :: Baahrakhari
देश
मेघगर्जन र चट्याङसहित पानी पर्ने  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । देशका सात वटै प्रदेशमा आज सामान्य बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
मेघगर्जन र चट्याङसहित सातै प्रदेशमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको विभागले वताएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति सबै प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  ०८:३७
प्रतिक्रिया दिनुहोस्