site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कोरोना संक्रमितको संख्या विश्वमा करोड नाघ्यो 

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २१ हजार ४०१ पुगेको छ ।  

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ । 
यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना तिव्र रुपमा फैलिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  ०६:०१
प्रतिक्रिया दिनुहोस्