site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ च्याम्पियनसिप एक वर्षका लागि सर्‍यो

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको जनाएको छ ।

जुममार्फत आफ्ना सदस्य एशोसियसनका महासचिवहरुसँग साफ प्रतियोगिताको बारेमा बैठक बसेको थियो । यसै बैठकले प्रतियोगिता २०२१ का लागि सार्ने निर्णय गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा साफका जनरल सेक्रेटरी अन्वरुल हकको उपस्थिति रहेको थियो । सहभागी महासचिवहरूले प्रतियोगिताको सम्बन्धमा कोरोनाको चुनौति र प्रतियोगिताको बारेमा आफ्नो विचार राखेका थिए । 

यसै बैठकले साफ यू-१५ च्याम्पियनसिप, साफ यू-१५ साफ महिला च्याम्पियनशिप र साफ यू-१८ महिला च्याम्पियनसिप पनि स्थागित गरिएको छ । हालको परिस्थितिलाई ध्यानमा राख्दै युवा प्रतियोगिताको सन्दर्भमा भने कोरोनाको स्थितिको समीक्षा गर्दै सेप्टेम्बरको शुरुमा बस्ने बैठकसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यस अघि १३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको थियो । बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । उक्त साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३-० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २२:००
प्रतिक्रिया दिनुहोस्