site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वसाधारणसँगै विराटनगरका मेयर–उपमेयरको रोपाइँ (तस्बिरसहित)

विराटनगर । धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ ।

महानगरपालिकाका मेयर भीम पराजुलीले रापाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए । पराजुलीले भने, “प्रमुख बालीका रूपमा धानखेती नै भएकाले पनि असार १५ को विशेष महत्त्व छ ।” उनले किसानले मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक गर्ने महिना नै असार भएको बताए ।

महानगरकी उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, कर्मचारी तथा स्थानीयले सामूहिक रोपाईं गर्दै विराटनगरमा धान दिवस मनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खापटोलका स्थानीयवासीले उत्साहसाथ रोपाईंमा साथ दिएका थिए । उनीहरूले खेतीका लागि महानगरले मलखाद जस्ता महत्त्वपूर्ण वस्तुमा सहयोग गर्नुपर्ने माग गरेका छन् । हरियाली कृषक समूहले खापटोलमा धान दिवस कार्यक्रमको संयोजन गरेको थियो ।


 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १४:३९
प्रतिक्रिया दिनुहोस्