site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत रुख कटानीको  विरोध
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको श्रीकृष्ण सामुदायिक वनमा रुख कटानी हुन थालेपछि वनका उपभोक्ताले चर्को विरोध गरेका छन । आज ‘भू माफियालाई भगाऔँ, प्राकृति वन जोगाउ’ भन्ने प्लेकार्ड बोकेका उपभोक्तले सामुदायिक वनको रुख कटानी भइरहेको क्षेत्रमा पुगेर विरोध गरेका हुन् ।

 वैज्ञानिक वन व्यवस्थापनका नाममा वर्षौंदेखि जोगाएको वन बन्दाबन्दीको मौका छौप्दै कटान हुन थालेपछि उपभोक्ता आक्रोशित हुँदै रुख कटानीको कार्य तत्काल बन्द गर्न माग गर्दै सङ्घर्षमा उत्रिएका हुन् । बन्दाबन्दीका बेला अत्यावश्यकबाहेका कार्य गर्न नहुने समयमा वन तथा वातावरणीय प्रभावलाई समेत ध्यान नदिई दर्जनौँ सालका काँचा रुख मजदूर लगाएर धमाधम काटिन थालेपछि उपभोक्ताले त्यस कार्यको चर्को विरोध गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

 सामाजिक दूरी कामय गर्दै वन क्षेत्रमा विरोध गर्न पुगेका उपभोक्ताले छानी छानी सिधा सालका रुख मात्रै कटानी भइरहेकाले सो कार्य तत्काल रोकिनुपर्ने बताएका छन् । 

सामुदायिक वनका पूर्वसचिव जयबहादुर ऐरले सामुदायिक वनका उपभोक्ता वैज्ञानिक वन व्यवस्थापनको विपक्षमा हँुदाहुँदै पनि सामुदायिक वनका पदाधिकारीले साधारण सभामा वनका साधारण सदस्यको कीर्ते दस्तखत गरी प्रस्ताव पास गरेको आरोप लगाए । 

Global Ime bank

वैज्ञानिक वन व्यवस्थापनको कार्य रोक्नका लागि २०० उपभोक्ताको हस्ताक्षरित ज्ञापनपत्र डिभिजन वन कार्यालयमा बुझाउँदासमेत रुख कटानीको आदेश दिइएको उनले बताए । सामुदायिक वनका निर्वाचित पदाधिकारीले उपभोक्ता समिति छाडेकाले विद्यमान सामुदायिक वनको उपभोक्ता समितिको वैधानिकता नरहेको सामुदायिक वनका उपभोक्ता हरेन्द्र भण्डारीले बताए । वैधानिकता नभएको समितिले गरेको कार्यसमेत अवैध हुने भएकाले रुख कटानीको कार्यसमेत अवैधरुपमा भइरहेको उनको आरोप छ ।

नगरपालिकाका न्यायिक समितिका सदस्य उत्तरदेव भट्टले वैज्ञानिक वन व्यवस्थापनको कार्य चुस्त र दुरुस्त हुनुपर्नेमा सर्लक्क परेका सिधा सालका रुख मात्रै काटिएको बताए । नगर प्रमुख दिलबहादुर ऐरले सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन र रुख कटानीको कार्यबारे कुनै किसिमको समन्वय नगरेको बताए । “आपत्कालीन अवस्थामा अत्यावश्यक कार्यबाहेक अन्य कार्य गर्न नपाइने भन्ने छ”, उनले भने, “रुख कटानीको कार्य आपत्कालीन कार्यमा पर्दैन, कसरी डिभिजन वन कार्यालयले कटानीको आदेश दियो ।” 

सामुदायिक वनका अध्यक्ष दानबहादुर बोहराले वैज्ञानिक वनको कार्ययोजनाअनुसारनै रुख कटानीको कार्य भइरहेको बताए । वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाअनुसार डिभिजन वन कार्यालयबाट कटानी आदेश लिएर मात्रै रुख कटानीको कार्य भइरहेको उनको भनाइ छ । उनका अनुसार आम उपभोक्ताको सहमति, साधारण सभाको निर्णयबमोजिम र कार्य योजनाअनुसार कार्य भइरहेको उनले बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC