site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले कोरोना कारण देखाउन मिल्दैन, तत्काल वार्तामा बस्‍नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकोले तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उपस्थित पूर्वप्रधानमन्त्रीहरु, संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वपराष्ट्रमन्त्रीहरु र सरकारका मन्त्रीहरुको राय सुनिसकेपछि प्रधानमन्त्री ओलीले नेपालको अन्तिम सीमा काली भएकोले यसमा कुनै विवाद नभएको बताएका छन् । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीलाई उदृत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, "नेपालको पश्‍चिमी सीमा बिन्दु काली नदी भएकोमा दुई मत छैन । नेपाली भूमि भारतले अतिक्रमण गरेकोले फिर्ता ल्याउन पहल गर्नुपर्नेमा सम्पूर्ण राजनीतिक दलहरु एकमत छन् । कुटनीतिम संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सम्पूर्ण राय सकारात्मक छ ।" 

सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि तयार नभएकोसमेत प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराएका थिए । उनले भने, "भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि पटक-पटक वार्ताका लागि आह्वान गरिएको छ । भारत तयार भएको छैन । अहिले कोरोनालाई कारण देखाउँदै वार्ता सार्न खोजेको छ ।" 

अहिले भारतले कोरोना कारण देखाउँदै वार्ता सार्न नमिल्‍ने र तत्काल वार्ता गर्न प्रधानमन्त्री ओली प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, "भारतले कालापानी, लिपुलेकलगायतका क्षेत्रमा समस्या नसुल्झिएको स्वीकार गरिसकेको अवस्थामा सडक बनाएर उद्घाटन गर्नु कुटनीतिक र अन्तर्राष्ट्रिय कानुन, मान्यता र दृष्टिकोणका आधारममा पनि न्यायोचित छैन । अहिले सडक बनाएर उद्घाटन गर्न हुने वार्ता गर्न किन हुँदैन । वार्तमा भारत आउनैपर्नेमा प्रधानमन्त्रीज्यू दृढ हुनुहुन्छ ।" 

प्रधानमन्त्रीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउनेसमेत बताएका छन् । प्रधानमन्त्री ओलीले भारतले यो समस्या समाधानका लागि जुन तहमा वार्ता गर्न चाहन्छ त्यही तहमा नेपाल तयार रहेकोसमेत बताएको परराष्ट्र मन्त्री ज्ञवालीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro