site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालापानी क्षेत्र छाङ्‍रुका लागि सेनाको हेलिकप्टरमा सशस्त्र जाँदै

काठमाडौं । दार्चुलाको लिपुलेक–कालापानी क्षेत्रलाई केन्द्रित गर्र्दै छाङरुमा बस्ने गरी सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गर्दै छ । सेनाको हेलिप्कटरबाट बीओपी (बोर्डर आउट पोस्ट) सशस्त्र प्रहरी निरीक्षकको टोली दार्चुलाबाट छाङरु जान लागेको हो । छाङरु दार्चुलाको व्यास गाउँपालिका १ मा पर्छ ।

सरकारले यसअघि नै सो क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी राख्ने निर्णय गरिसकेको थियो । त्यसका लागि जमिनसमेत प्राप्त भइसकेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले सुर्खेतबाट सेनाको हेलिप्कटर उडिसकेको र सोही हेलिकप्टरले दार्चुलामा रहेको सशस्त्र प्रहरी बलको गुल्मको टोलीले छाङरु पुर्‍याउनेछ ।

तत्काल सशस्त्रको टोली भाडाको घर र टेन्टमा बस्नेछ । गृहमन्त्रीमा प्रेस सल्लाहकार किरण भट्टराईले पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ सशस्त्र प्रहरी र ९ नेपाल प्रहरीको टोली छाङरु जाने कार्यक्रम रहेको जनाए । 

नेपाल प्रहरी भने यसअघि पनि सो क्षेत्रमा बस्दै आएको थियो । छाङरुबाट लिपुलेक १५ देखि २० र कालापानी १२ किलोमिटरको दूरीमा पर्छ । बीओपीको मुख्य काम सीमा सुरक्षा, अपराध नियन्त्रण, राजस्व चुहावट रोक्ने भएको डीआईजी श्रेष्ठले बाह्रखरीलाई बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro