
काठमाडौं । निया शर्मा कक्षा १२ मा अध्यनरत छात्रा हुन्, यिनको लकडाउन डायरी अन्य टिनएजरको भन्दा अलिक भिन्न छ ।
लकडाउनमा घर बाहिर निस्कन नमिलेपछि अधिकांश समय इन्टरनेट, मोबाइल, ल्यापटप अनि टिभीमा गुजार्ने अनुपा पनि आफ्नो एकाडमीक अध्ययन पनि अनलाइन मार्फत नै गर्दछिन् । कक्षाकोठामा शिक्षकहरुले पढाएका कुरा र पाठ्यक्रम, लेक्चर नोट्सलगायत परीक्षाका पेपर, भिडियो लेक्चर अनि टेस्टको तत्काल रिपोर्टहरु यिनले आफ्नो मोबाइल या कम्यूटरमै सहज रुपमा हेर्न सक्दछिन् ।
प्रविधिसँगको यो सहकार्यले अनुपा र यिनका साथीहरुलाई धेरै सहयोग र सक्षम गरेको छ । अनुपा लगायत थुप्रै उनका साथीहरुलाई यस प्रविधीले सहयोग मात्र गरेको नभई पढ्नप्रति थप उत्साहित गरेको छ ।
उत्साहका साथ यसरी प्रविधिमैत्री अध्ययनका कारणले अनुपाका लागि लकडाउन एउटा बन्देज मात्र नभई अवसर पनि भएको छ ।
काठमाडौं गोकर्णेश्वरस्थित नामी कलेजकी बिद्यार्थी अनुपा हरेक दिन आफूले नेटमा बिताउने समयलाई केहि भागमा पढाइका लागि पनि छुट्याउने गरेकी छिन्, नेट र ग्याजेटहरु सधैं नराम्रो या डिस्ट्र्याक्टिङ हुँदैन, यिनको बिचारमा ।
त्यस्तै बिराटनगरको अर्किड कलेजमा कक्षा १२ सकाएका प्रतिक ढकाल सधैँ एमबीबीएसको तयारी कक्षा लिन काठमाडौं आउन सक्दैनन् तर उनी ई लर्निङ सिस्टमबाट हरेक दिन एमबीबीएसको बोर्ड अनुसर बिपी, आइओएम, भारतीय निट यूजी, काठमाडौं यूनिभर्सिटीलगायतका मक परीक्षाहरु दिन्छन् ।
आफूले नबुझेका कुराहरु छलफल गर्छन् र तत्कालै अनलाइन समाधान पाउँदछन् । आफ्नो हरेक दिनको प्रगति प्रतिशत हेर्दै परीक्षामा नाम निकाल्न सक्ने सम्भावनालाई घरै बसेर नियालेका राजनको यस वर्षका एमबीबीएस प्रवेश परीक्षाहरुमा आत्मविश्वास र ज्ञान दुबै बढेको बताउँदछन् ।
यि सबै विद्यार्थीहरु अनि यिनका कलेजहरु नेपालको सबैभन्दा ठूलो ई-लर्निङ परिवारका सदस्यहरु हुन्, करिब ६००० भन्दा धेरै प्लस २ विज्ञान संकायका विद्यार्थीहरु दैनिक अध्ययनरत यस अनलाइन संरचनालाई Satsom नाम दिइएको छ ।
यस प्रविधिमार्फत प्लस २ साइन्सका विद्यार्थीहरूदेखि नेपाल नर्सिङ काउन्सिलले लिने नर्सिङ लाइसेन्स परीक्षाका तयारी गर्ने बिद्यार्थीहरु पनि अध्ययनरत छन् ।
लकडाउनका समयमा विद्यार्थीहरुको पढ्न पाउने र प्रवेश परीक्षा तयारी गर्ने चाह अनि अधिकारलाई ध्यानमा राख्दै SATSOM ले आफ्ना सबै रजिष्टर भएका विद्यार्थीहरुलाई सिस्टम निःशुल्क उपलव्ध गराएको छ ।
www.satsom.com मा गएर विद्यार्थीहरुले रजिष्टर गरेर आफ्नो इमेलमा आएको सन्देशलाई भेरिफाई गरेर निःशुल्क रुपमा हजारौं मल्टिपल च्वाइस प्रश्नहरु, भिडियो लेक्चर, मक परीक्षा, लेक्चर नोट्सहरुलगायत पहुँच गर्न सक्नेछन् ।
लकडाउनका समयमा बिद्यार्थीहरु घरभित्रै छन्, एउटा टिनएजरको लकडाउन डायरीमा फेसबुक, यूट्यूब, गेम, टिकटक , चलचित्र अटाउन सक्दछन् भने उनीहरुको अध्ययनलाई जारी राख्न SATSOM पनि राख्न सकिनेछ ।
विशेषत डाक्टर अनि इन्जिनियर र रजिष्टरड नर्स बन्ने सपना संगालेका विद्यार्थी अनि अहिले प्लस २ विज्ञानमा अध्यनरत सबैजना बिद्यार्थीहरु यस निःशुल्क संरचनामा गएर नेपालको सबैभन्दा ठूलो अनलाइन पढ्ने परिवारको सफल हिस्सा बन्न सक्ने अवसरलाई सदुपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।