site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अब वाक्यहरुबीच दुईवटा ‘स्पेस’ राखे माइक्रोसफ्टले गलत देखाउने
Sarbottam CementSarbottam Cement

एजेन्सी । माइक्रोसफ्ट कम्पनीले टाइपिङ सम्बन्धी नयाँ आधिकारिक नियम लागू गर्ने भएको छ जस अन्र्तगत वाक्यहरुबीच दुईपटक स्पेस दिनु गलत हुनेछ । वाक्यका बीचमा दुईवटा स्पेस धेरै हुने भएकाले यस्तो गरिएको बताइएको छ । स्पष्ट लेखाइका निम्ति वाक्यहरुबीच दुईवटा या एउटा स्पेस प्रयोग गर्ने भन्नेबारे यसअघि पनि धेरै लामो विवाद चलेको थियो ।

यस्तोमा प्रयोगकर्ताले वाक्यबीच दुईपटक स्पेस थिचेमा माइक्रोसफ्ट वर्डले त्यसलाई गलत भनेर देखाउनेछ र सो वाक्य मुनि नीलो धर्का देखापर्नेछ । यो परिवर्तनबारे पहिलोपटक युनिभर्सिटी अफ डेन्भरका कानुन प्रोफेसर एलन छेनले पत्ता लगाएका हुन् र टेक आउटलेट, द भर्जले खबर गरेको हो जसले नयाँ सफ्टवेयर अपडेट नगर्दासम्म प्रयोगकर्ताहरुले यो बदलावबारे महसुस नगर्ने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वाक्यका बीचमा दुईवटा स्पेस प्रयोग गर्ने चलन वास्तवमा टाइपराइटरको युगदेखि नै रहँदै आएको थियो । त्यतिबेला टाइपिस्टहरुले वाक्य टुङ्गिएको स्पष्ट रुपमा देखाउन दुईपटक स्पेस थिच्ने गर्दथे । तर त्यो समयमा सबै अक्षरहरुले एकै समानको ठाउँ लिन्थे जस्तै : i र m दुवैले बराबर ठाउँ लिने गर्दथे । जबकी अहिले वाक्य र फन्टहरु पढ्न सजिलो हुनेगरी आफैँ मिल्ने गरेका छन् । त्यसपछिदेखि एकदम थोरै सङ्ख्यामा मात्र आधिकारिक स्टाइल गाइडहरुमा दुईपटक स्पेस दिन भनिएको छ । 

वास्तवमा दुईवटा स्पेस राख्नुको कुनै विशेष फाइदा नभएकाले पनि सो चलन हट्दै गएको बताइन्छ जसले केबल पानामा धेरै ठाउँ लिने काम मात्र गर्छ । तापनि बानी परेका कतिपय मानिसहरुले दुईपटक स्पेस राख्नु सहि भएको ठहर गर्दै आएका छन् । यस्तोमा माइक्रोसफ्टले अबबाट त्यस्तो लेखाइ गलत भनेर देखाउनेछ । र यसलाई नमान्नेहरुले ‘राइट क्लिक’ गरि ‘भ्यु अप्सन’ मा गएर वर्डलाई सो गलती नजरअन्दाज गर्न भन्न सक्नेछन् ।  नत्र वर्डले यसलाई सच्याएर एउटा स्पेस राखिदिनेछ । 
 – सिएनएन 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC