site stats
बाह्रखरी :: Baahrakhari
देश
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुष डिस्चार्ज

काठमाडौ । गत २४ घण्टामा कोरानाभाइरसको संक्रमणको आशंकामा एक हजार ९४५ जना नयाँ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ   ।

मन्त्रालयले शनिबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ४९ हजार ३३६ जनाको आरडीटी र पीसीआर विधिबाट सातै प्रदेशमा कोरोनाभाइरसको आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हालसम्म कोरोनाभाइरसको आशंकामा आरडीटी विधिबाट ३९ हजार ६७० र पीसीआर विधिबाट ९ हजार ६६६ जना कोरोना परीक्षण गरिएको छ,” उनले भने, “हालसम्म सातै प्रदेशका क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेका छन् ।”

भरतपुर अस्पतालमा कोरोना संक्रमण देखिए उपचाररत एक पुरुषको दुबै परीक्षणमा कोरोना संक्रमण नदेखिएछि आज डिस्चार्ज भएको उनले जानकारी दिए ।

ति पुरुष कोरोना संक्रमण देखिएका आठौँ दिनमा डिस्चार्ज भएका हुन् । देशैभरका विभिन्न अस्पतालमा ३७ जना उपचाररत छन् भने हालसम्म कोरोना निको भएर घर जानेको संख्या १२ पुगेको मन्त्रालयले जनाएको छ । अस्पतालमा उपचारत सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १६:४२
प्रतिक्रिया दिनुहोस्