बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, वैशाख १३, २०७७
Laxmi Bank
Laxmi Bank

भैरहवा । कोभिड–१९ संक्रमणको  नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको  प्रदेश नं ५ मा रहेको  मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेशन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको  छ ।

मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा  कुल ४५३ शय्याको क्वारेन्टाइन, १०० शय्याको आइसोलेशन वार्ड, हेल्थ डेस्क, ‘रेपिड रेस्पोन्ट’ टिम र ‘पेसेन्ट रिसिभिङ’ टिमलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । प्रदेशको अन्तरराष्ट्रिय सीमाक्षेत्रमा आठ , प्रदेश सीमामा तीन र  जिल्लामा पाँच हेल्थ डेसक स्थापना गरेको मध्यपश्चिम पृतना हेडक्वाटरको सूचना शाखाले जनाएको छ । सेनाले प्रदेशभरि १२१ आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।

Duber nepal

Agani Group

बन्दाबन्दीको कार्यान्वयन गराउनका लागिसमेत नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा नियमित गस्तीलाई तीव्र बनाएको छ । सेनाले प्रदेशका सबै जिल्लामा औसत २० पैदल गस्ती र ११५ मोटर गस्ती गरिरहेको मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख उपरथी खड्काले जानकारी दिए ।

कोरोना भाइरसको महामारीको अवस्थामा आए थप क्वारेन्टाइन र आइसोलेशन स्थापना गर्ने स्थानको पहिचान तथा सेनाको प्राविधिक टोलीलाई छोटोछरितो उपचारमा खटिने तालीमको व्यवस्थासमेत गरिएको बताइएको छ । नेपाली सेनाले सबै प्रदेश र राजधानीमा गरी चार हजार ६२१ शय्याको क्वारेन्टाइन, ५९२ शय्याको आइसोलेशन वार्ड निर्माण तथा विशेष तालीमप्राप्त प्राविधिक र स्वास्थ्यकर्मी पाँच हजार ३०८ खटाएको सैनिक मुख्यालयले जनाएको छ ।  रासस

Nepal Investment bank
Nepal Investment bank
शनिबार, वैशाख १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्