site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंलगायत विभिन्‍न ठाउँबाट कञ्‍चनपुर जानेले अनिवार्य क्‍वारेन्टाइन बस्‍नुपर्ने

काठमाडौं । काठमाडौंलगायत विभिन्‍न जिल्लाबाट अलपत्र परेको भन्दै कञ्‍चनपुर जाने नागरिकले अनिवार्य १४ दिन क्‍वारेन्टाइन बस्‍नपर्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले शुक्रबार जारी गरेको सूचना अनुसार काठमाडौंलगायत अन्य विभिन्‍न जिल्लाबाट अलपत्र परेको भनेर कञ्‍चनपुर लगिएका र अन्य लग्‍न सकिने मानिसहरुलाई १४ दिनसम्म अनिवार्य क्‍वारन्टाइनमा राखिने भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरुको  सुदूरपश्‍चिम प्रदेश स्वास्थ्य निर्देशनालयले तयार गरेको मार्गदर्शनको आधारमा स्थानीय तहको समन्वयमा आरडीटी जाँच गरिनेसमेत जनाइएको छ । 

शुक्रबारसम्म कञ्‍चनपुरका विभिन्‍न क्वारेन्टाइनमा १७३ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको  छ । 

सरकारले लकडाउन जारी गरेको भए पनि विभिन्‍न राजनीतिक दलका कार्यकर्ता र विद्यार्थी संगठनको पहलमा काठमाडौंलगायतका विभिन्‍न स्थानबाट मानिसहरु गन्तव्यतर्फ गइरहेका छन् । यस विषयमा केन्द्र सरकार भने बेखबरजस्तै बनेको छ । 

यसरी मानिसहरुलाई बेवारिसे ढंगले ओसारपसार गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उपयुक्त कदम चाल्‍न सरकारलाई दबाब दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २०:२२
प्रतिक्रिया दिनुहोस्