site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । 

कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ रकम जम्मा गरेको थियो । कोषमा विभिन्न संघ–संस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं. २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्