site stats
बाह्रखरी :: Baahrakhari
देश
अनलाइन कक्षा सञ्‍चालन गर्न त्रिविको आग्रह 

काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयले आफ्ना आंगीक क्याम्स, स्कुल विभाग तथा सम्बन्धित क्याम्पसहरुलाई अनलाइन कक्षा सञ्‍चालन गर्न आग्रह गरेको छ । 

बुधबार बसेको त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् तथा कार्यकारी परिषदको बैठकले नोभेल कोरोना भाइरसका कारण लामो समय कलेजहरु बन्द रहेकाले अनलाइनमार्फ पठनपाठन सञ्‍चालन गर्न आग्रह गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिवि कार्यकारी परिषदले तत्कालको अवस्थामा विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्‍चालनसम्बन्धी निर्देशिका २०७७ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको शुक्रबार जारी गरिएको विज्ञप्तिमार्फत जनाइएको छ । 

जसअनुसार अनलाइन कक्षा सञ्चालनको व्यवस्थाग गर्न सबै डिन कार्यालयहरुमा पत्र पठाइसकेको जानकारी त्रिवि रजिष्ट्रारको कार्यालयले दिएको छ । सरकारले चैत ५ गतेदेखि सम्पूर्ण स्कुल कलेज बन्द‍ गर्ने घोषणा गरेको थियो भने चैत ११ देखि देशभर लकडाउन घोषणा गरेको छ । 

नेपालमा हालसम्म ४८ जना कोरोना संक्रमित फेला परेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १९:३५
प्रतिक्रिया दिनुहोस्