site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अहिलेको परिस्थितिलाई काबुमा राख्न सक्छौं : मुख्यमन्त्री राई
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश सरकारले राम्रो तयारी गरेको बताएका छन् । उनले परिस्थितिलाई काबुमा राख्न सक्नेसमेत दाबी गरेका छन् । 

राईले भने, “अहिले नै आत्तिहाल्नु पर्ने अवस्था आएको छैन । सरकारले तयारी र संक्रमण फैलन नदिन सबै तयारी गरेको छ ।” अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेसनलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट हस्तान्तरणको अवसरमा मुख्यमन्त्री राईले उपस्थितहरूलाई सरकारको तयारीबारे जानकारी गराएका हुन् । “पछिल्लो समय कोरोना भाइरसको संक्रमणको मात्रा प्रदेश १ मा बढेको छ,” राईले भने, “संख्या अझै बढ्न सक्छ तर हामी आत्तिएर वा हतोत्साही भएर होइन सबै निकाय एकढिक्का भएर यसको सामनामा लाग्नुपर्छ ।” त्यस अवसरमा वल्र्ड भिजन इन्टरनेसनल पूर्वक्षेत्रीय व्यवस्थापक विनय अमात्यले २ सय १५ थान पीपीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गरे । 

Agni Group

३४ लाखको पीपीई सेट हस्तान्तरण
वर्ल्ड भिजन इन्टरनेसनलले ३४ लाख रुपैयाँको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र ३२ थान आईआर थर्मामिटर प्रदान गरेको हो । कार्य क्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको पनि अमात्यले मुख्यमन्त्री राईलाई जानकारी गराए । 

वर्ल्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टिभ क्लोथ, इलेक्ट्रोनिक थर्मामिटर, ग्लोब्स, ह्यान्ड सेनिटाइजरलगायत १० प्रकारका सामग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरेको संस्थाका पब्लिक इन्गेजमेन्ट स्पेसलिस्ट प्रमिल अधिकारीले बताए । त्यस अवसरमा साझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्कीलगायत पनि सहभागी थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC