site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अस्पतालमा उपचाररत ३८ जनाको स्वास्थ्य सामान्य, कोरोना संक्रमित १० जना निको भए  
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशैभर हालसम्म साढे ९ हजार जनाको कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले शुक्रबार गरेको प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म आरडीटीमा  ३८ हजार ८९ जना र पिसिआर विधिबाट ९ हजार ४०७ जना गरी जम्मा ४७ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए ।

“गत २४ घण्टामा तीन  हजार ७९१ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको छ,”,उनले भने,“आज देशैभरका अस्पतालका आइसोलेसनमा काठमाडौ उपत्यकामा ३ जना र उत्यकका बाहिर ८६ गरी जम्मा ८९ जना रहेका छन् ।” 

Prabhu Bank
Agni Group
NIC Asia

आज देशैभरका क्वारेन्टाइनमा १२ हजार ९८५ जना रहेका उनले जानकारी दिए । 

बिहीबार बेलुका कोरोना संकक्रमण देखिएका भोजपुरका २६ वर्षका पुरुष फागुन ३० गते साउदी अरबबाट हिमालयन एरलाइन्सको विमानबाट काठमाडौं आएका थिए । ती युवकमा आरडीटी पोजेटिभ देखिएपछि पुन: पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ती युवकको सम्पर्कमा रहेका आफन्तहरुको सबैको नमुना संकलन गरिएको समेत मन्त्रालयले जनाएको छ । 

Global Ime bank

कोरोना संक्रमितको अवस्था के छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ४८ जना रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटालका अनुसार कोरोना भाइरसको संक्रमणबाट १० जना निको भएका जानकारी दिए । 

उनले भने “कोशी अञ्चल अस्पतालमा हाल २८ जना रहेका छन् तर भोजुरको युवकलाई त्यही ल्याईदै गरेको त्यस अस्पतालमा हुदाँ २९ हुनेछन् । नारायणी उक्षत्रिय अस्पतालमा ५ जना, भरतपुर अस्पतालमा २ जना, धवलागिरि अस्पतालमा १ जना, धनगढीस्थित सेति अस्पतालमा १ जना उपचाररत रहेको छन्  । भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”
७८ जनाको थ्रोब स्वाब संकलन

मन्त्रालयका अनुसार उदयपुरको स्वास्थ्य कार्यालय, प्रादेशिक प्रयोगशालाले ७८ जनाको थ्रोब स्वाब संकलन गरेर कोशी अस्पतालमा परिक्षण भइरहेको छ । उदयपुरको चौदन्डीगडी र त्रियुगा नगरपालिका वरिपरि नमुना परिक्षणका लागि संकलन गरिरहेको छ । 

त्यसैगरी, प्रदेश २ का आठै जिल्लाका २७ विभिन्न स्थानमा १५ सयभन्दा बढीको नमुना संकलन गर्न नेपाली सेना र स्वास्थ्य सेवा विभागको टिम त्यहाँ गएर नमुना संकलन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC