site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
झरीले छेकेन घर जाने चाहना...
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज लकडाउनको २९औं दिन । गएरातिदेखिको झरी लगभग दिनभरी नै चलिरह्यो । तर, झरीलाई पर्वाह नगरी सर्वसाधारणहरूको भिड आफ्नो घर जानका लागि काठमाडौंका नाकाहरूमा देख्न सकिन्थ्यो ।

स्थानीय निकायहरूले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडीबुटी क्षेत्रमा घरजानेको भिड उसै गरी लागेको थियो । लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिस हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैं सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउन सुरु भएको एक महिना पुग्न लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरी खानुपर्नेहरूलाई समस्या परेपछि हिँडेरै घर जानेको संख्या बढ्दै गएको थियो । तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफैं सावारीसाधनको व्यवस्थापन गरी मानिसहरूलाई गन्तव्यसम्म लैजाने व्यवस्था मिलाएका हुन् ।

यस्तै समस्यामा परेका मानिसलाई पहुँचका आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले त्यसो नगर्न आग्रह गरेको छ । सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहीं बस्नुपर्ने र खाद्य सामग्री अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ ।

Global Ime bank

तर राहत थोरै हुने र यसले जीविकोपार्जनका लागि नपुग्ने भएपछि मानिसहरू हिँडेरै घरतिर जान थालेका थिए । यसबाट झन् ठूलो समस्या आउने भएपछि कतिपय जनप्रतिनिधि र स्थानीय तहले आफ्नो क्षेत्रका मानिसको उद्धार गर्न लागेका हुन् । 

पानी परिरहेको अवस्थामा पनि सयौंको संख्यामा मानिस सवारीसाधनको प्रतीक्षा गरिरहेको देख्न सकिन्थ्यो । सुरक्षाकर्मीहरूले समेत सहजीकरणको काम गरिरहेको देखिन्थ्यो । स्थानीय तह र जनप्रतिनिधिहरूले न्यूनतम स्वास्थ्य प्रोटोकलको पालना गर्दै सुरक्षित साथ गन्तव्यमा पुर्‍याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC